• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । गएराति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । दुबै गोल खेल सकिनै लाग्दा इन्जुरी समयमा सम्भव भएको थियो ।

९०+६ औं मिनेटमा युनाइटेडका मासन माउन्टले तथा ९०+९ औं मिनेटमा ब्रेन्टफोर्डका क्रिस्टोफर अजेरले गोल गरे ।

बराबरीसँगै युनाइटेड २९ खेलबाट ४८ अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने ब्रेन्टफोर्ड ३० खेलबाट २७ अंकका साथ १५ औं स्थानमा छ ।