५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेललाई चौबिसै घण्टा खुला गर्नेबारे स्थानीयवासीको विरोध



अ+ अ-

काठमाडौँ: काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गर्ने तयारी गरेपछि ठमेल क्षेत्रका घरधनीले उक्त निर्णयको विरोध गरेका हुन् । ठमेलका घरधनीको आज बसेको बैठकले ठमेललाई २४सै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

काठमाडौँ महानगरपालिका–२६ का पूर्ववडाध्यक्ष विशम्भरलाल प्रधानले ठमेललाई २४ सै घण्टा खुला गर्ने निर्णय गर्नुपूर्व यस क्षेत्रका समस्याबारेमा अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले कति क्षेत्रलाई ठमेल मान्ने भन्नेबारे पहिले यकिन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

ठमेलका स्थानीय सोजेशमान मालाकारले जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्ने निर्णय गरी आचारसंहिता बनाउँदा यस क्षेत्रका घरवेटीलाई नसमेटेको भन्दै दु:ख व्यक्त गर्नुभयो । उक्त निर्णयले रातको समयमा यहाँका बासिन्दालाई सुत्न समस्या हुने उहाँले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयवासीलाई समस्या हुने गरी २४सै घण्टा ठमेललाई खुला गर्न समस्या हुने बताउनुभयो । उहाँले २४सै घण्टा बजार खुलाउन आवश्यक मापदण्ड के हुन् भन्नेबारे पहिले यकिन हुनुपर्ने उल्लेख गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ । यस्तै, रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन समयमा सञ्चालित बजार क्षेत्रको आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थाबारेमा मापदण्डमा समेटेको छ । मापदण्ड बमोजिम कार्य भएरनभएको विषयमा अनुगमन, समन्वय तथा सहजीकरण नियमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोली बनाउने उल्लेख गरेको छ ।

बजार क्षेत्र व्यवस्थापन समिति, व्यवसायस्थलको सरसफाइ, यातायातको व्यवस्था, गुनासो प्राप्ति र सम्बोधन, श्रमिकको उजुरी एवं कारबाहीलाई आचारसंहिता तथा मापदण्डमा राखिएको छ ।रासस