१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा रूखले च्यापिएर एक जनाको मृत्यु



अ+ अ-

पाल्पा । पाल्पामा रूखले च्यापिएर शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका-५ कैलासनगरका २० वर्षीय भुवन सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

बुटवलबाट तानसेन आउँदै गर्दा उनी तानसेन नगरपालिका-८ जरेपीपलस्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको प्रतीक्षालयमा ओत लिएर बसेका थिए । बेलुकीपख एक्कासी रूख ढलेर उनी च्यापिन पुगे ।

गम्भीर घाइते भएका सिंजालीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।




भर्खरै