१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

उपनिर्वाचनमा हामी हार्दैनौं, हामीले हार्नै मिल्दैनः ओली

उपनिर्वाचनमा हामी हार्दैनौं, हामीले हार्नै मिल्दैनः ओली
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताउनुभएको हो । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेबिरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले तत्कालिन अवस्थामा एमालेका हस्ती नेताहरुले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगतमा विभिन्न कारणले र एउटा महत्वपूर्ण कारण हाम्रा बिरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरु सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नु परेको थियो । र पराजयको पीडा व्यहोर्नु परेको थियो । यस पल्ट हामी त्यस पीडालाई सुखद् परिणामतर्फ रुपान्तरित गर्न चाहन्छौं ।

परिवर्तन गर्न चाहन्छौं । यस पटक हामी हार्दैनौं । यस पटक हामी जित्छौं । र यस पल्ट हामीले हार्नै मिल्दैन । गत निर्वाचनमा सबै एकातिर, हामी एकातिरको अवस्थामा थियौं । हाम्रै पार्टीका हस्ती भनिएका अनेक नेताहरु पार्टीबाट अलग भएका थिए, पार्टी फुटाएका थिए । एमाले त शुन्य सिटमा झर्छ समेत भनेका थिए । त्यो शाहस हामीबिरुद्धको गठबन्धनबाट आएको थियो ।’

अध्यक्ष ओलीले एमालेले सो उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताउनु भयो ।