• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते ★   प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फिर्ता ★   धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

उपनिर्वाचनमा हामी हार्दैनौं, हामीले हार्नै मिल्दैनः ओली



काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताउनुभएको हो । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेबिरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले तत्कालिन अवस्थामा एमालेका हस्ती नेताहरुले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगतमा विभिन्न कारणले र एउटा महत्वपूर्ण कारण हाम्रा बिरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरु सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नु परेको थियो । र पराजयको पीडा व्यहोर्नु परेको थियो । यस पल्ट हामी त्यस पीडालाई सुखद् परिणामतर्फ रुपान्तरित गर्न चाहन्छौं ।

परिवर्तन गर्न चाहन्छौं । यस पटक हामी हार्दैनौं । यस पटक हामी जित्छौं । र यस पल्ट हामीले हार्नै मिल्दैन । गत निर्वाचनमा सबै एकातिर, हामी एकातिरको अवस्थामा थियौं । हाम्रै पार्टीका हस्ती भनिएका अनेक नेताहरु पार्टीबाट अलग भएका थिए, पार्टी फुटाएका थिए । एमाले त शुन्य सिटमा झर्छ समेत भनेका थिए । त्यो शाहस हामीबिरुद्धको गठबन्धनबाट आएको थियो ।’

अध्यक्ष ओलीले एमालेले सो उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताउनु भयो ।