• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   प्राकृतिक विपत्तिबाट बच्न एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्छ: योगेश भट्टराई ★   ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना ★   राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै ★   सडक बनेको १८ वर्षपछि स्तरोन्नति ★   सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ ★   कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: कांग्रेस ★   म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा ★   पृथ्वीराजमार्गमा सवारी दुर्घटना: घाइते २० मध्ये पाँचजना गम्भीर ★   रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा ★   अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश

आईपीएलमा १ हजार रन र १०० विकेट लिने अलराउण्डरमा क्यारेबियन खेलाडीको दबदबा



एजेन्सी । आन्द्रे रसेलले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध आफ्नो १०० औं आईपीएल विकेट लिए । योसँगै आन्द्रे रसेलले आईपीएलमा १००० रन र १०० विकेट लिने खेलाडीको विशेष सूचीमा स्थान बनाएका छन् ।

तर के तपाईलाई थाहा छ यो सूचीमा क्यारेबियन खेलाडीहरुको वर्चस्व छ । आइपिएलमा एक हजार रन र १०० विकेट लिने खेलाडीको विशेष सूचीमा वेस्ट इन्डिजका तीन खेलाडी परेका छन् । यो सूचीमा पहिलो नाम वेस्ट इन्डिजका पूर्व अलराउन्डर डीजे ब्राभोको छ ।

डीजे ब्राभोले आईपीएलबाट सन्यास लिएका छन् । तर १८३ विकेटबाहेक यी दिग्गजको नाममा १६५० रन छन् । मुम्बई इन्डियन्स बाहेक डीजे ब्राभोले चेन्नई सुपर किंग्स र गुजरात लायन्सबाट खेलेका थिए । यो सूचिमा भारतीय अलराउन्डर रविन्द्र जडेजाको नाम पनि परेको छ ।

रविन्द्र जडेजाको नाममा २७२४ रन छ भने आईपीएल खेलमा १५२ विकेट छन् । अहिलेसम्म राजस्थान रोयल्स बाहेक, रविन्द्र जडेजा चेन्नई सुपर किंग्स र गुजरात लायन्सको हिस्सा रहेका छन् ।

यसपछि भारतीय अलराउन्डर अक्षर पटेलले आईपीएल खेलमा कम्तीमा १०० विकेट र १ हजार रन बनाउने कीर्तिमान बनाएका छन् । अक्षर पटेलले अहिलेसम्म आईपीएल खेलमा ११३ विकेटबाहेक १४५४ रन बनाएका छन् । मुम्बई इन्डियन्स बाहेक अक्षर पटेल दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सको एक हिस्सा रहेका छन् ।

योसँगै कोलकाता नाइट राइडर्सका अलराउन्डर सुनिल नारायणले १६५ विकेट लिएर एक हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन् । तर, अब यो सूचीमा आन्द्रे रसेलको नाम थपिएको छ । यसरी आन्द्रे रसेलसहित ५ खेलाडीले आईपीएल खेलमा १ हजार रन र १०० विकेट लिने कीर्तिमान हासिल गरेका छन् ।