१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारको बिरोधमा प्रदर्शन गरेको छ ।

शुक्रवार काठमाडौंको शान्ति बाटिकामा भला भइ नेविसंघले सरकारको बिरोधमा प्रदर्शन गरेको हो । उनीहरुले सरकारको बिरोधमा सडकमै हवन गरेर सांकेतिक रुपमा सरकारको बिरोध गरेका हुन् ।

उनीहरुले खोई उत्तरपुस्तिका टियुले हरायो, खोई त उत्तरपुस्तिकाको सुरक्षा यही हो त शिक्षामन्त्री ज्यु टियुको वर्तमान अवस्था, गृहमन्त्री ज्यु जि.वी राई खोई ? सहकारी ठगी काण्ड स्वाहा, दोहोरो नागरिकता काण्ड स्वाहा, सुन तस्कर काण्ड स्वाहा, गृहमन्त्रीको नैतिकता स्वाहा, भूटानी शरणार्थी काण्ड स्वाहा, विद्यार्थीको उत्तरपुस्तिका स्वाहा, विद्यार्थीको भविष्य स्वाहा, समयमै परीक्षाफल प्रकाशन स्वाहा, खुला प्रक्रियाबाट भिसी नियुक्ति प्रक्रिया स्वाहा, भिसीको नयाँ कार्ययोजना स्वाहा, शिक्षामन्त्रीको कार्ययोजना स्वाहा, टियु पदाधिकारीको नैतिकता स्वाहा, शिक्षा क्षेत्रमा राजनीतिको अन्त्य स्वाहा, टियुमा बेथितिको अन्त्य स्वाहा लगायतका प्लेकार्ड र शब्द प्रयोग गरी बिरोध जनाएका थिए ।