२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

आकाशमा रहस्यमय खम्बा देखिएपछि

आकाशमा रहस्यमय खम्बा देखिएपछि
अ अ+ अ-

एजेन्सी । विगत कयौं दिन देखि अमेरिका र विश्वका फरक फरक हिस्सामा देखिएको धातुको खम्बाका रहस्य झन गहिरिएको छ । एक पछि अर्को सहर तथा मरुभुमीमा देखिएका ती खम्बा अहिले आकाशमा देखिएको बताइएको छ । अमेरिकाको आइडाहोका जेफ जेकब गाडीबाट घर गइरहँदा उनले उक्त खम्बा हावामा देखेको बताइएको छ । 

उनले सामाजिक सन्जालमा तस्विर सेयर गरेपछि मानिसहरुले सन् २०२० मा अब एलियन्सको उपस्थितिमा पनि अचम्भित नुहने प्रतिक्रिया दिइरहेका छन् । जेकबको क्यामरामा कैद तस्विरमा कालो रंगको एक ठोस ढाँचा हावामा देखिन्छ । यो के थियो भन्ने ठम्याउन नसकेपछि उनले सामाजिक सन्जालमा त्यसको तस्विर सेयर गरेका हुन् ।

केही युजर्सले कमेन्टमा सम्भवत युटाहबाट खम्बा कुनै नयाँ स्थानमा गइरहेको हुन सक्ने लेखेका छन् । जेफले भने, अचानक उक्त संरचना देखिन थाल्यो । यो आकासमा केही समयका लागि मात्रै रह्यो र फेरी गायब भयो । जेकबले भने, केहीले यो युटाहको खम्बा हुन सक्ने र यो त्यही आकारको भएको बताएका छन् ।

युटाह र आइडाहो धेरै दुरीमा छैन र दुबै राज्य जोडिएका छन् । अर्कोले भनेका छन्, यसलाई कसैले तलबाट समातेको जस्तो देखिन्छ । जेकबले आफू धार्मिक नभएकोले धेरै अनुमान गर्न नचाहेको बताए । यो कुनै मौसम बेलुन नभएको उनले दावी गरे । तर केहीले उक्त तस्वीर कुनै परावर्तनको पनि हुन सक्ने अनुमान गरेका छन् ।

यसबीच न्यु मेक्सिकोको अत्यन्त चर्चित कलाकार तथा कला संकलकले युटाह र क्यालिफोर्नियामा देखिएका खम्बा उसले लगाएको दावी गरेका छन् । आफ्नो इन्स्टाग्राम पेजमा तीन तस्विर सेयर गरिएका छन् जसमा दुई उनले बनाएका खम्बाका हुन् र एक क्यालिफोर्नियामा प्राप्त भएको खम्बाको हो । टीएमएफएले खम्बा आफुले लगाएको बताउँदै वेबसाइटमा खम्बा ४५ हजार डलरमा बेच्न लागेको उल्लेख गरेको छ ।