१५ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा



अ+ अ-

चौतारा । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ ।

जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले जनाएको छ । आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन् । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यही चैत २३ देखि २०८१ वैशाख १५ गतेसम्म नेपाली र कोरियन पर्वतारोहीले गर्ने आरोहणको तयारी पूरा भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिनुभयो ।

विसं २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलेटब्यूरो सदस्य एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्रीलगायतको पहलकदमीमा पहिलोपटक जुगल हिमालको आरोहण सुरुआत गरिएको थियो । त्यतिबेला पर्वतारोही माया गुरुङ, मिलन तामाङलगायत टोलीले सफलतापूर्वक हिमाल आरोहण गगर्नुभएको थियो । रासस