६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा



अ+ अ-

चौतारा । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ ।

जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले जनाएको छ । आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन् । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यही चैत २३ देखि २०८१ वैशाख १५ गतेसम्म नेपाली र कोरियन पर्वतारोहीले गर्ने आरोहणको तयारी पूरा भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिनुभयो ।

विसं २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलेटब्यूरो सदस्य एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्रीलगायतको पहलकदमीमा पहिलोपटक जुगल हिमालको आरोहण सुरुआत गरिएको थियो । त्यतिबेला पर्वतारोही माया गुरुङ, मिलन तामाङलगायत टोलीले सफलतापूर्वक हिमाल आरोहण गगर्नुभएको थियो । रासस