५ भाद्र २०८३, शुक्रबार
,
Latest
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक पाण्ड्यासँग किन रिसाए मालिंगा ?



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मा अहिलेसम्म दुई टोली बाहेक सबैले दुई–दुई खेल खेलेका छन् । पहिलो दुई खेलमा मुम्बई इन्डियन्सको अवस्था खराब देखिन्छ । टोलीले सुरुवाती दुवै खेल हारेको छ । जबकि एमआई टोली शून्य अंकसहित अंक तालिकाको नवौं स्थानमा छ ।

जसपछि फ्यानहरुले हार्दिक पाण्ड्याको कप्तानीमा प्रश्न उठाइरहेका छन् । बाहिरबाट हेर्दा फ्यानले टिममा सबै ठिक नभएको महसुस गरेका छन् । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यही भिडियोका कारण हर्दिक अहिले धेरै ट्रोल भइरहेका छन् ।

यो भिडियो मार्च २७ को हो । जब मुम्बई इन्डियन्सको दोस्रो खेल सनराइजर्स हैदरावादसँग थियो । भिडियोमा हार्दिक पाण्ड्या लासिथ  मालिंगा र कियरोन पोलार्डको अगाडि उभिएको देखिन्छ । मालिंगाले पाण्ड्यासँग कुनै पनि विषयमा कुरा नगरेको बताइएको छ ।

पाण्ड्यालाई कुर्सी दिन पोलार्ड उठेका थिए । त्यसपछि मालिंगाले पोलार्डलाई रोकेर आफै कुर्सीबाट उठे । र त्यहाँबाट मालिंगा गए । त्यसपछि पाण्डे त्यो कुर्सीमा गएर पोलार्डको नजिकै बसे ।

 

एक प्रयोगकर्ताले लेखेका छन्, ‘म क्याप्टेन हार्दिक हुँ, मलाई मेरो कुर्सी दिनुहोस् ।’

अन्य प्रयोगकर्ताहरूले लेखेका छन् ‘हार्दिकले मालिंगालाई उठ्न र उनको लागि कुर्सी छोड्नबाट रोक्ने प्रयास पनि गरेनन् । पोलार्डको अनुहार हेर, उनी पनि सहज छैनन् । पाण्ड्यालाई वरिष्ठलाई कसरी सम्मान गर्ने थाहा छैन । उनले नयाँ कुर्सी ल्याउन सक्थे ।’

मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको दोस्रो खेल निकै विस्फोटक रह्यो । यो खेलमा एमआईले हार बेहोरेको थियो । हैदरावादले आईपीएलको इतिहासमा अहिलेसम्मकै सर्वाधिक २७७ रन बनायो र खेल ३१ रनले जित्यो । यस खेलमा कुल ३८ छक्का प्रहार गरिएको थियो, जुन कुनै पनि टी–२० खेलमा सबैभन्दा धेरै हो । साथै, पहिलो पटक टी–२० खेलमा दुवै टोलीले एकसाथ ५०० रनको अंक पार समेत गरे ।