• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

शौचालयमा मृत भेटिइन् डा प्रतिभा



काठमाडौं। छाउनीमा एक डाक्टर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । धादिङ जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीया प्रतिभा धौबडेल शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनी एक साताअघि बिदा मनाउन घर आएकी थिइन् । उनी झुण्डिएको अवस्थामा फेला परेपछि श्रीमानले तत्कालै अस्पताल पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरिएको थियो । उनका श्रीमान् पनि डाक्टर हुन्।

डा धौबडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार उनी डिप्रेसनको बिरामी रहेकी र औषधी सेवन गर्दै आएको प्रहरीले जनाएको छ।