२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु



अ+ अ-

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ ।

यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना भएको थियो । एक यात्रुको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

दक्षिण अफ्रिकाका यातायात मन्त्री सिन्डीसिवे सिकुन्गाले मोरिया शहरनजिक भएको यस दु:खद घटनामा ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै सवारी चलाउँदा अत्यन्त सावधानी अपनाउन आग्रह गर्नुभयो ।

उद्धार कार्यका बारेमा प्रहरीले नियमित अद्यावधि विवरण सार्वजनिक गरिरहेको जनाएको छ । दुर्घटनाका बारेमा यथार्थ विवरण भने सार्वजनिक भइसकेको छैन ।

दुर्घटनामा ज्यान गुमाउनेहरु अधिकाँश इसाई समुदायको ईस्टर पर्वका अवसरमा सहभागीहरु रहेका प्रहरीको भनाई छ । उक्त बस अनियन्त्रित भई पुलबाट झण्डै ५० मिटर तल नदीमा खसेर आगो लागेको थियो ।