९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर

एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर
अ अ+ अ-

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बिहीवार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र तत्कालीन अध्यक्ष पुरुषोतम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल लगायतलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गराएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र अर्का तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल र वरिष्ठ निर्देशक आनन्दराज खनालसहितका २० जनालाई विपक्षी बनाएर आरोप पत्र दर्ता भएको बताउनु भयो ।

उहाँले अन्य प्रतिवादीहरुमा दीपेश आचार्य, सुरेन्द्रलाल हाडा, मिनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्त, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतिक्षा पौडेल, विजयकुमार राय यादव, निराजन कोईराला, कविन्द्रराज मल्ल लगायतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको बताउनु भयो । उहाँकाअनुसार कुल बिगो ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ ३२ पैसा रहेको छ । बिगो भराउने सिलसिलामा र मागदाबी फरक फरक प्रतिवादीलाई फरक फरक माग दाबी लिएर आएको बताउनु भयो । उहाँले तत्कालीन अध्यक्ष दिगम्बर झा लगायतकालाई कुल बिगो ९१ हजार नै रहेको र कैद जरिबाना गरी खर्च भएको देखिएको बिगो २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ ९४ पैसा रहेको बताउनु भयो । उहाँले प्रतिवादी राष्ट्रसेवकको हकमा एक खालको दाबी छ र अरु सरोकारवाला कम्पनीहरुको हकमा फरक दाबी रहेको पनि बताउनु भयो । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा लगायतले आफ्नो पदको दुरुपयोग गरी खरिद प्रक्रियामा संलग्न भएको मुद्दा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज यो एमडिएमएस (मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम) सम्बन्धी मुद्दा अनुसन्धान पूरा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आरोप पत्र दर्ता गर्न ल्याएको अवस्था छ । यसमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र अर्का तत्कालीन अध्यक्ष, पुरुषोत्तमप्रसाद खनाल र वरिष्ठ निर्देशक आनन्दराज खनालसहितका २० जनालाई विपक्षी बनाएर आरोप पत्र दर्ता भएको छ । अन्य प्रतिवादीहरुमा दीपेश आचार्य, सुरेन्द्रलाल हाडा, मिनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्त, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतिक्षा पौडेल, विजयकुमार राय यादव, निराजन कोईराला, कविन्द्रराज मल्ल लगायतलाई प्रतिवादी बनाएर आज मुद्दा दर्ता भएको छ । यसको कुल बिगो ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ ३२ पैसा छ । बिगो भराउने सिलसिलामा र मागदाबी फरक फरक प्रतिवादीलाई फरक फरक माग दाबी लिएर आएको अवस्था छ । दिगम्बर झा लगायतकालाई कुल बिगो ९१ नै छ भने कैद जरिबाना गरी खर्च भएको देखिएको बिगो २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ ९४ पैसा रहेको छ । अरु प्रतिवादीहरुको हकमा फरक फरक दाबी छ । प्रतिवादी राष्ट्रसेवकको हकमा एक खालको दाबी छ र अरु सरोकारवाला कम्पनीहरुको हकमा फरक दाबी छ । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा लगायतले आफ्नो पदको दुरुपयोग गरी खरिद प्रक्रियामा संलग्न भएको भन्ने छ । राष्ट्रसेवकले परामर्श दाता कम्पनीहरुलाई गैरकानूनी लाभ पुर्‍याउने र दूरसञ्चार प्राधिकरण र नेपाल सरकारलाई गैरकानूनी हानी, नोक्शानी पुर्‍याउने वदनियतले कार्य भए/गरेको देखिएको भनेर आरोप पत्र दर्ता भएको छ ।’

उहाँले राष्ट्रसेवकले परामर्श दाता कम्पनीहरुलाई गैरकानूनी लाभ पुर्‍याउने र दूरसञ्चार प्राधिकरण र नेपाल सरकारलाई गैरकानूनी हानी/नोक्शानी पुर्‍याउने वदनियतले कार्य भए/गरेको देखिएको भनि आरोप पत्र दर्ता भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/03/Hc2Ll5.pdf”]