४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १३० जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार देशभर ३ हजार ३ सय ३३ जनाको पिसिआर परिक्षणमा १३० जनामा संक्रमण पुष्टि भएसंग कुल संक्रमितको संख्या २ लाख ९६ हजार ७५० पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९४ जना कोरोनाबाट निको भएसंगै निको हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको हो । निको हुनेदर ९८.६ प्रतिशत रहेको छ । 

यसैगरी, कोरोनाबाट थप सात जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४५ पुगेको छ।