५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा सामुदायिक विद्यालयबाट एसइईमा सहभागी छात्रा अधिक



फाईल फोटो ।
अ+ अ-

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् ।

जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा छात्रको सङ्ख्या तीन हजार नौ सय आठ रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

संस्थागत र प्राविधिक समूहतर्फ भने छात्रको सङ्ख्या बढी छ । जिल्लाका ३० संस्थागत विद्यालयबाट एसइईमा चार सय ७७ छात्र सहभागी छन् । यिनमा छात्राको सङ्ख्या दुई सय ९७ मात्र छ । यसैगरी प्राविधिक समूहतर्फ पनि छात्र बढी छन् । प्राविधिक समूहतर्फ तीन सय २६ छात्र र छात्रा एक सय ५८ छन् ।

जिल्लाका एक सय दुई सामुदायिक तथा ३० संस्थागतसमेत एक सय ३२ माध्यमिक विद्यालयका जम्मा नौ हजार चार सय ३१ परीक्षार्थी एसइईमा सामेल भएका छन् । परीक्षार्थीमध्ये छात्र चार हजार सात सय ७० र छात्रा चार हजार छ सय ६१ रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रतिभा साहले जानकारी दिनुभयो । रासस