१७ भाद्र २०८३, बुधबार
,
Latest
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कास्कीको अध्यक्षमा खगराज समूहका क्षेत्री निर्वाचित



अ+ अ-

पोखरा । नेकपा एमाले कास्की जिल्लाको अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका हुन् ।

उनले ५५१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी माधव बास्तोलाले ३४९ मत ल्याए । बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उम्मेदवार थिए ।

जिल्लाको पदाधिकारीमा पनि एमाले नेता अधिकारी समूहले जित हासिल गरेको छ । कास्कीमा अधिकारी र गुरुङ समूहले प्यानलनै बनाएर चुनाव लडेका थिए ।

एमाले कास्कीको निर्वाचनमा ९३५ मतदातामध्ये ९१४ ले मतदानमा भाग लिएका थिए ।