१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

पर्यटनको केन्द्र बन्दै पुरन्धरा झरना

पर्यटनको केन्द्र बन्दै पुरन्धरा झरना
अ अ+ अ-

दाङ । बबई नदीबाट करिब १० मिटर पूर्वमा छ पुरन्धरा झरना । बबई गाउँपालिका–५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ४५ फिट उचाइबाट झर्ने झरनाको पानी बबई नदीमै मिसिन्छ । झरनाको मनमोहक दृश्यले गर्दा आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकास हुन थालेको हो ।

पहिले यस झरनाबारे कुनै चासो थिएन । हाल आएर सामाजिक सञ्जालबाट प्रचार हुन थालेपछि दैनिक पर्यटकको भीड लाग्न थालेको छ । झरनामा पुग्ने जो कोही एकैपटकमा झरनाको आकर्षणबाट मोहित हुने स्थानीयको भनाइ छ ।

बढ्दो गर्मीयामसँगै झरनाको फेदीमा सेल्फी खिच्ने र पौडी खेल्नेको सङ्ख्या बढेको छ । दाङ र अन्य छिमेकी जिल्लाबाट आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेको झरनामा पार्किङ व्यवस्थापनका लागि बबई गाउँपालिकाले खटाएको कर्मचारी कुलबहादुर बुढाले जानकारी दिनुभयो । बुढाका अनुसार दैनिक तीनदेखि चार सयसम्म आन्तरिक पर्यटक झरना अवलोकन तथा वनभोज खान आउने गर्छन् ।

बिदाको दिन झरनाको अवलोकन गर्न आउनेको सङ्ख्या बढी हुने गर्छ । उहाँका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइलको रु ३०, कार तथा जिपको रु दुई सय र बसको शुल्क रु दुई सय ५० निर्धारण गरिएको छ ।

पहिले झरनामा कर्मचारीको व्यवस्था थिएन । अहिले झरनाको संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि कर्मचारीको व्यवस्था गरिएको छ । सवारी पार्किङ शुल्कको आम्दानीले कर्मचारी व्यवस्थापन र पूर्वाधार निर्माणमा सहयोग पुगेको छ । झरनाको अवलोकन गर्न तुलसीपुरबाट पहिलोपटक आउनुभएका २५ वर्षीय श्याम चौधरीले झरना आकर्षक भएको बताउनुभयो । “यति राम्रो झरना होला भनेर सोचेको पनि थिइन”, उहाँले भन्नुभयो, “यसलाई अझै व्यवस्थित रूपमा संरक्षण गरी वरपरको वातावरण सफा राख्नुपर्छ ।”

अर्का आन्तरिक पर्यटक तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी राधा रजौरेले झरना संरक्षण तथा संवद्र्धन गरी भौतिक पूर्वाधार निर्माण गर्न सके पश्चिम दाङको मुहार फेरिने बताउनुभयो । दङ्गीशरण गाउँपालिका–३ का ओमभक्त चौधरीले दश वर्षअघि पञ्चकुलेबाट ६ घण्टा पैदल हिँडेर झरना हेर्न आएकामा अहिले गाडी चढेर आउन पाउँदा खुसी लागेको बताउनुभयो ।

तुलसीपुर, हापुरे, सुर्खेत खण्डको टवाङ खोलाबाट आठ किमी दक्षिणपश्चिममा पर्ने सो झरनासम्म पुग्ने बाटो पक्की बनाउन सके बाह्रै महिना पर्यटक ल्याउन सकिने स्थानीयको भनाइ छ । झरना वरपर कुनै बस्ती छैन । सयौँ वर्षको इतिहास बोकेको सो झरना क्षेत्रमा पहिले घनघोर जङ्गल र जङ्गलको बीचमा सानो बाटो थियो । स्थानीयबासी गाईवस्तु चराउन, घाँस दाउरा काट्न झरना आसपासमा गोठ बनाएर बस्थे । गोठमा बस्नेले झरना रहेको पत्ता लगाएका थिए ।

झरनादेखि एक सय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर छ । त्यस मन्दिरमा शिवरात्रिमा ठूलो मेला लाग्ने गर्दछ । झरनासँगै जोडेर पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चराचुरुङ्गी र जीवजन्तु अवलोकन गराउन सके आन्तरिक तथा बाह्य पर्यटक थप आकर्षित गराउन सकिने यहाँ आइपुगेका पर्यटक बताउँछन् ।

बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले झरनाको विकासका लागि गुरुयोजना बनाई पूर्वाधार निर्माणको काम थालिएको बताउनुभयो । उहाँले झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनाउन पहल भइरहेको बताउनुभयो । रासस