• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित ★   सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुर्नबहाली गर्न अस्वीकार ★   संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन: महामन्त्री थापा ★   संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरोध ★   प्रतिनिधिसभा बैठक सुरु ★   न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा ★   प्रतिनिधिसभा बैठक लाईभ ★   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने पक्राउ ★   विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको यस्तो छ अभ्यास तालिका

मेयर हमालकी छोरी आरती सम्पर्कमा आइन्



कैलाली । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् ।

मेयर हमालकी जेठी छोरी भारतको गोवामै भेटिएकी र स्वास्थ्य अवस्था कमजोर रहेको हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । उनी सोमबारदेखि सम्पर्कविहीन भएको भन्दै मेयर हमालले खोजीको लागि सहयोग गर्न आग्रह गरेका थिए।

हमालले फेसबुकमा लेखेका छन्– ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गराउँदछु। खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु ।

साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’