• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन ★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित ★   सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार ★   संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन: महामन्त्री थापा ★   संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरोध ★   प्रतिनिधिसभा बैठक सुरु ★   न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत भेटवार्ता



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज भेटवार्ता भएको छ ।

राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान भएको उक्त भेटघाटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण रुपमा कुराकानी भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राख्नुभएको थियो ।

राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको स्पष्ट पार्दै अमेरिकी सहयोग विभिन्न क्षेत्रका अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको जानकारी राजदूतले गराउनुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस प्रसङ्गमा अमेरिकी राजदूत थम्पसनले नेपालमा उत्कृष्ट प्रकृतिको धार्मिक सद्भाव रहेको आफूले पाएको विचार व्यक्त गर्नुभएको थियो । साथै नेपालबाट चोरी भई अमेरिका पुर्‍याइएका मूर्तिहरु नेपाल फिर्ता गरी सम्बन्धित मठमन्दिरमा पुन:स्थापना गर्ने अमेरिकी नीति रहेको पनि राजदूत थम्पसनले जानकारी दिनुभएको थियो ।

छलफलका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध आयामका साथै सुशासन, विकास, वैदेशिक लगानीलगायत विविध विषयमा पार्टीको नीतिका बारेमा अध्यक्ष लिङ्देनले राजदूत थम्पसनलाई जानकारी गराउनुभएको थियो ।