२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा एमालेका सुहाङलाई माओवादीले सघाउने !



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै छ । बैठकले आगामी वैशाख १५ गते इलाम–२ र बझाङ १ (१)को निर्वाचनको उम्मेदवारीबारे निर्णय गर्ने छ ।

सचिवालयले बैठकले दुई क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने कि आफ्नै उम्मेदवार उठाउने भन्ने निर्णय गर्ने छ ।

उम्मेदवारीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच यसअघि छलफल भइसकेको छ । त्यस क्रममा इलाम–२ मा सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई सघाउन माओवादी लचक देखिएको छ ।

एमालेका नेताहरुले इलाम–२ मा माओवादीभन्दा एमाले बलियो भएकाले सुहाङलाई नै समर्थन गर्ने सम्भावना रहेको दाबी गरेका छन् ।

यता सुदूरपश्चिम प्रदेशसभा बझाङ १ (१) मा पनि के गर्ने भन्ने निर्णय माओवादी केन्द्रले आज निर्णय गर्दैछ । यो क्षेत्रमा एकीकृत समाजवादीले आफ्नो उम्मेदवारलाई समर्थन गर्नुपर्ने अडान राखेको छ । आफ्नो उम्मेदवारलाई समर्थन नगरे इलाममा आफ्नो उम्मेदवार उठाउने चेतावनी समाजवादीले दिएको छ ।