• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु. ५०० सम्म बोनस



काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

फागुन दस गतेबाट  सुरु भएको सो अफर  दुइ महिना सम्म रहने छ ।  यस अफर अन्तर्गत विदेशमा रहनु भएको सेवाग्राहीहरूले  मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनस सम्म  पाउन सक्नुहुन्छ  ।

मनि ग्राम  बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत  पठाइएको रकम  आइएमई पे  मार्फत प्राप्त गर्दा  पनि एक सय रुपैयाँ बोनस  प्राप्त गर्न सकिने छ ।

आइएमई पे’मार्फत  संसार को कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।