२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटले गरे धोनीको कीर्तिमानी बराबरी



अ+ अ-

एजेन्सी । विराट कोहलीले मार्च २५ मा एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा ७७ रनको इनिङ खेलेर रोयल च्यालेन्जर्स बैंगलोर लाई पञ्जाब किंग्सविरुद्ध जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले ४९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ७७ रन बनाए, जसका लागि उनी म्यान अफ द म्याचको अवार्ड पनि पाए । यस इनिङले आरसीबीले ४ विकेटले जित्यो र यो आईपीएल २०२४ मा उनको टोलीको पहिलो जित पनि हो ।

अब विराट कोहलीले एक विशेष कीर्तिमानमा चेन्नई सुपर किंग्सका पूर्व कप्तान महेन्द्र सिंह धोनीसँग बराबरी गरेका छन् ।

विराट कोहलीले यस खेलमा धेरै पुरस्कार प्राप्त गरे र खेलको प्लेयर अफ दी म्याच पनि बने । अब कोहलीले आईपीएलको इतिहासमा भारतीय खेलाडीबाट सबैभन्दा धेरै म्यान अफ द म्याचको अवार्ड जित्नेमा एमएस धोनीसँग बराबरी गरेका छन् ।

कोहलीको आईपीएल करियरको यो १७ औं म्यान अफ द म्याच अवार्ड थियो र एमएस धोनीले पनि आफ्नो करियरमा यति पटक यो अवार्ड जितेका छन् ।

भारतीय खेलाडीको कुरा गर्ने हो भने कोहली र धोनीभन्दा रोहित शर्मा मात्र अगाडि छन्, जसले इन्डियन प्रिमियर लिगमा अहिलेसम्म १९ पटक म्यान अफ द म्याचको उपाधि जितेका छन् ।