२७ श्रावण २०८३, बुधबार
,
Latest
जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छ: सांसद पौडेल



file photo
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने बताउनुभएको छ ।

सांसद पौडेलले सत्ता गठबन्धन स्थायी नहुने दाबी समेत गर्नुभयो । मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले काँग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिर समेत गर्नुभयो । पर्खिएर बसेको खण्डमा काँग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउने सांसद पौडेलको भनाई थियो । उहाँले काँग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

सांसद पौडेलले भन्नुभयो,‘नेपाली काँग्रेसका लागि सत्ता ठूलो होइन । पर्खेर बसौं–काँग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पुर्‍याउँछ । त्यसका निम्ति हतार नगरौं । अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चीरस्थायी हुँदैन । चिरञ्जीवी हुँदैन । उहाँहरु आफैँमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ । तर नेपाली काँग्रेस सत्तामा जाँदैगर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो ? भन्ने कुरा प्रष्ट हुनुपर्छ । अहिले देखिएका बेथितिहरुको अन्त्य कसरी गर्ने हो ? त्यसको फेहरिस्त हामीसँग हुनुपर्छ । त्यसैले ब्लुप्रिन्ट तयार गर्नतिर लागौं । नेपालको समृद्धि हामीले कसरी गर्दैछौं ? नेपालमा सुशासन हामीले कसरी कायम गर्दैछौं ? नेपालका तमाम शैक्षिक संस्थाहरु हामीले कसरी सुधार गर्दैछौं ? नेपालको स्वास्थ्य क्षेत्रमा सामान्य मानिसहरुको पहुँज कसरी स्थापित गर्दैछौं ? वैदशिक रोजगारीको यो बाध्यतालाई कसरी न्युनिकरण गरेर लाँदैछौ ? यी तमाम विषयमा हामीले एउटा स्पष्ट दृष्टिकोण बनाएर अगाडि बढौं ।’

सांसद पौडेलले लोकतन्त्रमाथि देखिएका बेथिति अन्त्य गर्ने कामको नेतृत्व, मुलुकको समृद्धि यात्राको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने समेत बताउनु भयो ।