• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै

दुई/चार दिनभित्रै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छ: महासचिव पोखरेल



file photo

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा वागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया शुरु हुने बताउनु भयो ।

उहाँले सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकतावद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको बताउनु भयो । उहाँले सत्तामा सहभागी दलहरुबीच छलफल गरी यसै हप्तामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया शुरु हुन्छ । सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकतावद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको छ । त्यो हिसावले पनि हामीले प्रयासहरु गरिरहेका छाँै । प्रमुख दलहरुबीच छलफल गरिकन दुई चार दिनभित्र हामी प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गतको सरकार बदल्ने काम प्रक्रियाहरु पूरा गर्छौं । वागमती प्रदेशमा पनि यही समीकरणअन्तर्गत प्रदेश सरकार पुन:गठन हुनेछ ।’

महासचिव पोखरेलले नेकपा एमाले समाजवादी मोर्चामा नजाने पनि स्पष्ट पार्नुभयो । उहाँले नेकपा एमालेको मिसन मोर्चा बनाउनेतर्फ नभइ राजनीतिक ध्रुवीकरण र बलियो राष्ट्रिय शक्ति निर्माणको रहेको बताउनु भयो । उहाँले एमाले सरकारमा पुगेकाले मिसन ०८४ के भयो भन्ने जिज्ञासा आइरहेको उल्लेख गर्दै अहिलेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्‍याउने गरी नै भएको दाबी गर्नुभयो । उहाँले नेकपा एमालेको मिसन ०८४ को उद्देश्यमा फेरबदल नभएको बताउनु भयो । उहाँले अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य नभएको बताउनु भयो । उहाँले अहिलेको सहकार्य न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यतिबेला सरकारमा पुगेको कारणले गर्दा मिसन ०८४ के भयो भन्ने प्रकारको जिज्ञासा कतिपय कमरेडहरुको मनमा पैदा भएको देख्छु । सोसल मिडियामा पनि त्यही प्रकारको कौतुहलता देखिन्छ । अहिले हामीले गरेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्‍याउने गरी नै गरेका छाँै । त्यसअर्थमा मिसन ०८४ हाम्रो उद्देश्यमा कुनै फेरबदल भएको छैन । त्यो निरन्तर जारी छ । बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई सुदृढ गर्ने कुरा नै पार्टीको र मुलुकको भविष्यका लागि अपरिहार्य छ भन्ने पार्टीको जे मान्यता छ, त्यो मान्यतामा कुनै प्रकारको बदलाव आएको छैन । र अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य पनि होइन ।’

‘यद्यपी त्यहाँ वामपन्थी दलहरुको सहभागिता बढी छ । तर यो सहकार्य न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य हो । त्यसमा सहमत भएका पाँच राजनीतिक दलहरुको सहकार्य हो । त्यसैले हामीले जे हो त्यही रुपमा बुझ्नुपर्छ । यो पाँच राजनीतिक दलबीचको सहकार्य हो जसमा वामपन्थीहरु पनि छन्, गैरवामपन्थीहरु पनि छन् । त्यसैले यो वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर जुन टिप्पणी छ, त्यसमा उद्वेलित हुनुपर्ने वा प्रभावित हुनुपर्ने आवश्यकता छैन । समाजवादी मोर्चाका तर्फबाट एमालेलाई समाजवादी मोर्चामा सामेल हुनका लागि प्रश्तचाव आयो भन्ने चर्चा गरेपछि कतिपय साथीहरुको कुरा के हो भन्ने छ । वास्तवमा हाम्रो नीति मोर्चा बनाउनेतर्फ गइरहेको छैन । हाम्रो नीति राजनीतिक ध्रुवीकरणको नीति हो । बलियो राष्ट्रिय शक्ति निर्माणको नीति हो । त्यसअर्थमा अहिले हामी यो ढंगले अघि बढीरहेका छौँ ।’

महासचिव पोखरेलले नयाँ सत्ता समीकरणको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गर्नुभयो ।