७ आश्विन २०८१, सोमबार
,
Latest
चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाक्नै लागेको बालीमा असिनापानीले क्षति



फाईल फोटो
अ+ अ-

महोत्तरी ।असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको बालीमा क्षति पुगेको छ। आज बिहान परेको असिनापानी र हुरीबतासले महोत्तरीको दक्षिणपश्चिमी भेगमा गहुँ, जौ, अरहर (रहरी) र वैशाखी तरकारी बालीमा नोक्सान गरेको हो ।

जिल्लाका भारतीय सीमावर्ती सोनमा, सम्सी, मनराशिवा, गौशाला, औरही, रामगोपालपुर र बलवासहितका स्थानीयतहका बस्तीमा हुरीबताससँगै असिनापानी परेको थियो । दुई/चार दिनभित्रै काट्ने तयारीमा रहेको गहुँबाली असिनाले चुटेर खेतमै लडाएको रामगोपालपुर–३ का मोहम्मद कादिर हुसैनले बताउनुभयो ।

असिनापानीले गहुँबालीमा सबैभन्दा बढी क्षति पुगेको छ । यसैगरी जौ, मुसुरो, चना र रहरी असिनाले चुटेर झारेको किसानको भनाइ छ । फर्सी, लौका र घिरौँलाजस्ता लहरे तरकारीमा क्षति पुगेको सोनमा गाउँपालिकाको खैरवनीका रामप्रताप यादवले बताउनुभयो ।

असिनापानी र हुरीबतासले भङ्गाहा र एकडाराको पश्चिमतर्फको भेगमा पनि क्षति पुर्‍याएको छ । महोत्तरीमा पाँच दिनयता पानी परिहेको छ । लामो समयपछि पानी पर्दा बालीनालीलाई राहत मिलेको भए पनि असिनापानी र हुरीबतासले किसानलाई ठूलो क्षति पुर्‍याएको छ । रासस