१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको हो: अध्यक्ष दाहाल

राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको हो: अध्यक्ष दाहाल
अ अ+ अ-

चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबैलाई एकताबद्ध गर्दै आवश्यक ऐनकानुन निर्माणमा राष्ट्रियसभाको भूमिका महत्वपूर्ण छ ।” तीन तहका सरकारबीच समन्वयकारी भूमिका खेल्दै स्थानीय तहको समस्या समाधानमा सङ्घीय सरकारलाई सहयोगी बन्ने उहाँको भनाइ थियो ।

संविधानले राष्ट्रियसभालाई दिएको अधिकार र दायराबारे आम जनमानसमा जानकारी गराउन अफ्नो कार्यकाल फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । राष्ट्रियसभालाई अहिले प्रतिनिधिसभाको छायाँका रुपमा लिने गरिएको भन्दै उहाँले त्यस्तो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाको महत्व बुझाउन जरुरी छ ।” आफ्नो कार्यकालमा राष्ट्रियसभाको गौरवलाई सुनिश्चित गर्न लाग्ने उहाँले बताउनुभयो ।

अहिलेको संविधान कार्यान्वयनका लागि धेरै कानुनहरु बन्न आवश्यक रहेको बताउँदै उहाँले ती कानुन बनाउन सरकारलाई झकझक्याउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । भरतपुर महानगरपलिकाले गरेको विकासको प्रशंसा गर्दै उहाँले समग्र चितवनको विकासमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थानीय तहमा देखिएका समस्या समाधान गर्न राष्ट्रियसभाले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । संविधान कार्यान्वयनका कुरामा ध्यान दिँदै स्थानीय तहका बाधा हटाउन सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । राज्य र जनताको पक्षमा गरेको योगदानको मूल्याङ्कन भएको भन्दै उहाँले समग्र जनताको हित र संविधान रक्षाका सवालमा राष्ट्रियसभा अब्बल साबित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलगायतले संविधानको रक्षाका लागि दाहालको कार्यकाल सफल रहेन विश्वास व्यक्त गर्नुभयो । वर्तमान अवस्थामा देखिएका समस्या समाधानका लागि पहल हुने विश्वास उहाँहरुले व्यक्त गर्नुभयो ।