२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण आईपीएल टोलीका लागि कठिनाइ बढ्ने !



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को पूरा खेल तालिका सार्वजनिक भएको छ । योसँगै आईपीएल टोलीका लागि नराम्रो खबर आएको छ ।

वास्तवमा, टी–२० विश्वकप खेल्ने खेलाडीहरूले आईपीएल प्लेअफको समयमै अमेरिका जानुपर्नेछ । तर, जसको टोली प्लेअफमा पुग्नेछ ती खेलाडीले जानुपर्ने छैन, अर्थात् ती खेलाडीले आईपीएलको प्लेअफ खेल्न पाउनेछन् ।

टी–२० विश्वकप जुन २ बाट सुरु हुँदैछ । योसँगै यो प्रतियोगिता सुरु हुनुअघि भारतीय टोलीले २ अभ्यास खेल खेल्नेछ । अभ्यास खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई विश्वकपमा परिक्षण गरिने छ ।

बाँकी भारतीय खेलाडीहरु मे २७ र मे २८ मा टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने बताइएको छ । आईपीएल क्वालिफायरका खेलहरू मे २० देखि खेलिनेछन् । यस सिजनको फाइनल यही मे २६ गते चेपौकमा हुने भएपनि वर्षाका कारण खेल हुन नसके रिजर्भ डेमा फाइनल खेलाइने छ ।

भारतीय टोलीले आयरल्यान्डविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । भारत र आयरल्याण्डबीचको खेल ५ जुनमा हुनेछ । यसपछि जुन ९ मा भारत र पाकिस्तानको टोली आमनेसामने हुनेछन् । दुई टोलीबीचको खेल न्युयोर्कमा हुनेछ । टी–२० विश्वकप २०२४ वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्दैछन् ।