२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेरो टी–२० खेल यात्रा अझै बाँकी नै छ’



अ+ अ-

एजेन्सी । आईपीएलको १७ औँ सिजनमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पहिलो खेल जिताउन मद्दत गरेपछि विराट कोहलीले आफूमा अझै धेरै टी–२० क्रिकेट बाँकी रहेको बताएका छन् ।

उनले ७७ रनको इनिङ खेल्दै आरीसीबीलाई १७७ रनको लक्ष्य पछ्याउन मद्दत गरेका थिए । खेलपछि विराटले भने, ‘मानिसहरूले मैले विश्वभर टी–२० ढाँचाको प्रवर्द्धन गरून् भन्ने चाहन्छन् तर मलाई थाहा छ मेरो खेल अझै समाप्त हुन बाँकी छ ।’

सोमबार भएको खेलमा आरसीबीले पञ्जाब किंग्स (पीबीकेएस)लाई ४ विकेटले पराजित गरेको थियो । दिनेश कार्तिक र महिपाल लोमरले ४८ रनको महत्वपूर्ण साझेदारी गरे । ७७ रन बनाएका विराट खेलको प्लेयर अफ द म्याच भए ।

‘अति उत्साहित नहुनुहोस्, २ खेल मात्रै भएका छन् । मानिसहरू तथ्याङ्क र उपलब्धिहरूको बारेमा कुरा गर्छन् तर अन्त्यमा सम्झनाहरू मात्र रहन्छन् ।’ खेलपछि विराटले भने, ‘जब तपाईं फ्यानहरू र साथीहरूसँग पूर्ण हृदयले खेल्नुहुन्छ, तपाईंले राम्रो सम्झनाहरू सिर्जना गर्नुहुन्छ जुन तपाईं आफ्नो करियर समाप्त भएपछि पनि सम्झन चाहनुहुन्छ । मैले वर्षौंदेखि प्रशंसकहरूको माया, यी सम्बन्धहरू र टोलीको समर्थन पाइरहेको छु र म यसको लागि आभारी छु ।’

विराटले भने, ‘मलाई थाहा छ मेरो नाम अहिले विश्वमा टी–२० क्रिकेटको प्रवद्र्धनमा जोडिन थालेको छ तर मलाई लाग्छ मेरो खेल अझै बाँकी छ । म अझै पनि खेल जित्न सक्छु ।’

‘म ग्यापमा कभर ड्राइभ राम्रोसँग खेल्छु, तर रबाडा र अर्शदीपले मलाई यो शट सजिलै खेल्न दिने छैनन् । उनीहरुको अगाडि बाउन्ड्री खोज्नुपर्छ, त्यसैले अगाडि बढेर भित्र बाहिर शट खेल्नु राम्रो विकल्प हो ।’ उनले थपे ।

 

 




भर्खरै