२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारीमा छौँः मन्त्री साह



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताउनुभएको छ ।

सोमवार मन्त्रालयमा आायेजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी बजेट तथा कार्यक्रम सम्बन्धी छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताउनु भयो । उहाँले मन्त्रालय किसानहरुलाई पहिचान गरी किसान परिचय पत्र दिनेगरी लागिपरेको बताउनु भयो । उहाँले सबैजना एकाकार भएर फौजी तरिकाले कमाम गर्ने हो भने किसानको समस्या समाधान गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा हामी दिनरात मेहनत गरिरहेका छौँ । हुनत म मन्त्रालय सम्हालेको २० दिन जति भयो । किसानहरुलाई पहिचानका लागि किसान परिचय पत्र दिनेगरी लागेका छौँ । कम्तिमा हामी यो ०८० चलिरहेको छ, ०८१/०८२ भित्रमा किसानहरुलाई पहिचान गर्नेगरी परिचय पत्र पनि दिइसक्नुपर्छ । त्यो दिने वातावरण नीतिगत रुपबाट हामीले सबैजना सहमत हुनुपर्छ । सबैजना एकाकार भएर फौजी टाइपको काम गर्नुपर्छ । हिमालमा च्याङ्ग्रा हुन्छ, यार्सागुम्बा हुन्छ, अरुअरु जडिबुटी हुन्छ भने त्यसमा किन हाम्रो तर्फबाट हामीले किन साथ नदिने त । त्यसको लागि हामी बजेटबाट हुन्छ की, वा हामी भौतिक हिसावबाट अनुगमन गरेर हुन्छ, के गरेर हुन्छ, त्यसमा हामी जोड दिएर कम्तिमा च्याङ्ग्रा पालनमा पनि हाम्रो किसानहरुलाई प्रोत्साहन दिनेगरी कार्यक्रम समावेश हुनुपर्छ ।’

मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताउनु भयो । उहाँले सुन्तलालाई चाँडै नै मन्त्रीपरिषद्बाट पारित गर्न लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुन्तलाको हिसावले पनि म केही दिनमा मन्त्रीपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि लागेको छु । किनकी नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ । त्यो फल खान पनि सजिलो छ । गाडीमा बस्दाखेरी पनि अब ५÷६ जना बसेपनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरु परेन । त्यो हिसावले राष्ट्रिय फलफूलको हिसावले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दैछु । त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु ।’

मन्त्री ज्वालाले २ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउनसके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने बताउनु भयो ।