१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

सभ्य बन्दै होली

सभ्य बन्दै होली
अ अ+ अ-

काठमाडौ । बाटोमा हिँड्दै गर्दा अचानक छातीमा लोला प्रहार भयो । कोटेश्वरकी भावना खड्कालाई त्यो प्रहारले केहीबेर निकै पीडा दियो । सम्हालिए घरतर्फ जान पनि गाह्रो भयो ।

“लोला कहाँबाट कसले हान्यो थाहा छैन । लोला प्रहारले निकै पीडा दियो”, खड्काले पाँच वर्षअघिको अनुभव सुनाउनुभयो । उहाँको स्मृतिमा त्यो पीडा अहिले पनि ताजै छ ।

“अरुलाई पीडा दिने गरी लोला हानेर बुरा नमानो होली है भन्नु राम्रो होइन । अरुलाई दुःख दिएर होली कसरी सद्भावको पर्व बन्ला ?,” उहाँले भन्नुभयो ।

तर अहिले समय फेरिएको छ । होली तुलनात्मकरुपमा सभ्य बन्दै गइरहेको उहाँको अनुभव छ । भावनाकै अनुभवमा होली पाँच वर्ष अघिको जस्तो छैन । होली मनाउने तरिका फेरिएको छ । मानिसहरुको शैली बदलिएको छ ।

आइतबार तीनकुनेस्थित खुल्ला चौरमा साथीसँग होली खेल्दै गरेकी उहाँलाई कुनै अपरिचितले रङ लगाइदेला र लोला हान्ला भन्न संशय थिएन । नेपाल प्रहरीले कसैलाई जबरजस्ती छुन नपाइने र अनुमति बिना होली खेल्न नहुने भन्दै कारबाही सुरु गरेपछि होली सभ्य बन्दै गएको उहाँको बुझाइ छ ।

खड्कको जस्तै अनुभव छ, कीर्तिपुरका झरना मर्हजन र सिर्जना बस्नेतको । उहाँहरु दुवैजना होली खेल्न वसन्तुपुर पुग्नुभयो । तर बाटोमा कसैले दुव्र्यवहार गरेनन् । कसैले जवरजस्ती रङ दलेनन् । लोला हानेनन् । “अहिले त होली निकै अनुसाशित ढङ्गले खेल्न थालिएछ”, उहाँले भन्नुभयो, “सुरक्षित र सभ्य भएपछि थप रमाइलो पनि भएको छ ।”

आइतबार होली खेल्न वसन्तपुर पुग्नुभएकी झापाकी जुना विश्वकर्मा पनि होलीमा कसैले दुव्र्यवहार नगरेको बताउनुभयो । “होस्टेलमा बस्ने हाम्रा लागि होस्टेलको नियम पनि मान्नुपर्छ । खुलेर होली खेल्ने छुट थिएन । तर पनि वसन्तपुर पुगेर राम्रोसँग मनाउन पाइयो”, उहाँले भन्नुभयो । उहाँले राति अबेरसम्म साथीहरुसँग रङ खेलेर होली मनाउनुभयो ।

“प्रहरीको उपस्थिति र निगरानी पनि राम्रो थियो । यसले हामीलाई निर्धक्कसँग होली खेल्न सहज भयो”, उहाँले भन्नुभयो, “विगतमा होली खेल्न जाँदा केटाहरुलाई सुरक्षा गार्ड बनाएर हिँड्नु पर्दथ्यो । केटी मात्रै देख्यो त समाएर जथाभावी रङ दलेर दुख दिन्थे ।” तर यसपाली कसैको साहरा बिना होली खेलेको उहाँले सुनाउनुभयो ।

होस्टेलका केटी साथी मिलेर स्वतन्त्र रुपमा होली खेलेको जुना बताउनुहुन्छ । “होली खेल्नु पर्छ तर गलत मनसायले छोएको कसलाई मन पर्छ र ?”, उहाँले भन्नुभयो, “यसपाली होली मर्यादित रुपमा खेलिएको महसुस गरेकी छु ।”

समाजशास्त्री मीना पौडेल पहिले होलीपर्व सुन्दै डराउनुहुन्थ्यो । खेल्ने र रमाइलो गर्ने त कुरै रहेन । उहाँसँग पर्वका नाममा गरिएको दुव्र्यवहारको पीडादायी अनुभव छ । विसं २०४२ सालमा क्याम्पस पढ्न काठमाडौँ आएको वर्षको होलीले उहाँलाई तर्साएको हो ।

“रत्नपार्कतर्फ जाँदै थिएँ, दूधको प्याकेटमा ढलको पानी मिसाएर मुखैभरी छ्यापे । त्यतिबेला सहनु बाहेक केही विकल्प थिएन”, उहाँले सुनाउनुभयो । मीनालाई उक्त घटनाको असर आजसम्म पनि उत्तिकै छ । तर, अहिले समय बदलिएको छ । समाज सभ्य बन्दै गएको सङ्केत होली पर्वबाट महसुस हुने उहाँको भनाइ छ । विगतमा होली पर्व नाममा महिलामाथि कुदुष्टि राख्ने गरिन्थ्यो भने अहिले मित्रवत र मर्यादित व्यवहार गर्ने शैली बढेको छ । “अचेलका युवा पुस्ता चेतनशील हुँदैछन् भन्ने सङ्केत पनि हो”, उहाँले भन्नुभयो, “यसको कारण प्रहरी प्रशासनको कडाइ पनि हो ।”

काठमाडौ उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनाली विगतको तुलनामा होली खेल्ने शैलीमा निकै सुधार आएको बताउनुहुन्छ ।

होली पर्व सभ्य बनाउनकै लागि उपत्यकामा उल्लेख्य मात्रामा सुरक्षाकर्मी खटिएका थिए । सादा पोशाकमा प्रहरी परिचालनदेखि ड्रोन र सिसी क्यामरामार्फत निगरानी गरिएको उहाँले जानकारी दिनुभयो । ललितपुरमा भएको दुर्घटनाबाहेक अन्यत्र मर्यादितरुपमा होली मनाइएको उहाँको भनाइ छ ।