• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ?

कहाँ चुक्यो हार्दिकको सेना ?



एजेन्सी । आईपीएल २०२४ को पाँचौं खेलमा गुजरात टाइटन्सले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । मुम्बई इन्डियन्ससँगको हारपछि कप्तान हार्दिक पाण्ड्या निराश देखिएका छन् । खेलपछि उनले टोलीको कहाँ गल्ती भएको बताए । यस्तै उनले आफ्नो कप्तानीबारे खुलेर कुरा गरे ।

बलरको दममा गुजरातको टोलीले खेललाई आफ्नो पक्षमा पारेको थियो । मुम्बईको टोलीले १२ ओभरमा १०७ रन बनाएको थियो तर त्यसपछि रोहितको विकेट खस्यो र त्यहाँबाट खेलले अर्कै मोड लियो । मोहित शर्माले ब्रेभिसलाई आउट गर्दै खेल आफ्नो पोल्टामा पारे ।

मोहित शर्माको स्लो सर्ट बलले मुम्बईका ब्याट्सम्यानलाई निकै समस्यामा पार्यो । बाँकी बलर उमेश र स्पेन्सरले पनि राम्रो साथ दिए र नतिजा गुजरातको पक्षमा गयो । मुम्बईले अन्तिम तीन ओभरमा पाँच विकेट गुमाएको थियो ।

हार्दिकले कहाँ गल्ती भएको बताए
खेल सकिएपछि हार्दिकले भने, ‘हामी अन्तिम ५ ओभरमा ४२ रन बनाउनेमा विश्वस्त थियौं । तर, हामीले त्यसो गर्न सकेनौं । त्यो चरणमा हामीले हाम्रो गति पनि गुमायौं । यो ती स्टेडियमहरूमध्ये एक हो जहाँ तपाईं खेलको पूर्ण आनन्द लिन सक्नुहुन्छ । आज धेरै फ्यानहरु आए र खेल पनि राम्रो भयो ।’

खेलको कुरा गर्दा पहिले ब्याटिङ गरेको गुजरातले १६८ रन बनाएको थियो । साई सुदर्शनले ४५ रनको महत्वपूर्ण इनिङ खेले । अन्त्यमा राहुल तेवाटियाले १५ बलमा २२ रनको इनिङ खेले । लक्ष्य पछ्याउने क्रममा रोहितले ४३ र ब्रेभिसले ४६ रन बनाए । मुम्बई १६२ रनमै समेटियो । उमरजाई, मोहित, उमेश र स्पेन्सरले समान २–२ विकेट लिए ।