• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पाँचौं झट्का, गुलशन झा २६ रन जोडेर आउट ★   चीनको कान्च प्रिफेक्चर र नेपालका निजी क्षेत्रका प्रतिनिधिबीच व्यापार बिस्तारबारे छलफल ★   खास्टे ताल किनारमा जीवन र जगतको खोजी ★   दबाबमा नेपालः चौंथो विकेट गुमायो, कुशल मल्ल खाता नखोलि आउट ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई तेस्रो झट्का ★   के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ? ★   नेपालले गुमायो दोस्रो विकेट, अनिल शाह १ रन जोडेर आउट ★   रिटायर्ड हर्ट हुँदै मैदान छाडे लोकेश बम ★   बज्रयान महाविहार कलात्मक बनाउन काठमाडौँ महानगरपालिकाको अनुदान सहयोग ★   बझाङमा मतगणना सुरू

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला दुई सय रूपैयाँले बढेर एक लाख २६ हजार सात सय रूपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २५ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रूपैयाँले बढेर १५ सय १५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।