१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न



अ+ अ-

जनकपुरधाम । १५ दिने ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ ।

फागुन प्रतिपदामा शुरू भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको हो । आईतवार जनकपुर आइपुगेको परिक्रमा टोली राति जनकपुरधाममै विश्राम गरी आज अन्तरगृह परिक्रमा गरेको हो ।

जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने गर्दछन् । साधु सन्त, महन्थ र श्रद्धालुहरू राम–जानकीको डोला लिएर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेका थिए । अन्तरगृह परिक्रमाको दूरी ५ कोष रहेको छ । त्यसैले यसलाई ‘पञ्चकोशी परिक्रमा’ पनि भन्ने गरिन्छ ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू–भागको पदयात्रा गरिन्छ ।