६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जिता प्रति रेशमको असन्तुष्टि: मन्त्री बनेर कांग्रेस, एमाले र माओवादीको मात्रै काम गर्नुभयो



अ+ अ-

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफ्नो पार्टीबाट रञ्जिता श्रेष्ठ ११ महिना मन्त्री भएपनि केही काम गर्न नसकेको बताउनु भएको छ ।

आइतबार जापानको थारु कल्याणकारिणी सभाको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले रञ्जिता मन्त्री हुँदा माओवादी, कांग्रेस, एमालेको मात्रै काम गरेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो ‘हामीलाई सरकारमा गएर केही गर्न दिनेवाला छैनन् । ११ महिना रञ्जिताजी मन्त्री बन्नुभयो । काम हाम्रो भएन, कांग्रेस, एमाले, माओवादीको मात्रै भयो ।’ उहाँले भन्नुभयो  ‘जनताको काम गर्नै नसक्ने मन्त्रालय दिएर गाडी चढ्नलाई र उद्घाटन गर्ने जानलाई मन्त्रालय हामीलाई चाहिएको छैन । हामी असली जनताको सेवक बन्न चाहन्छौं । जनतासँग खेतमा गएर किसानको समस्या बुझ्न चाहन्छौं ।’

नाउपाका केही नेताहरुले जनताको सेवक बन्न छाडेर मन्त्री बन्ने अपेक्षा राखेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । उहाँले नाउपाका नेताहरु सकेसम्म आफ्नो आँखा छलेर सिंहदरबार जान खोजेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो ‘मेरो पार्टीमा पनि धेरै साथीहरुको आकांक्षा रहेछ मन्त्री बन्ने । म भन्छु जनताको सेवक बन्न पाऊँ । मेरा साथीहरु भन्नुहुन्छ मन्त्री बन्न पाऊँ । म भन्छु– जनताको सेवा गर ।’ उहाँले भन्नुभयो, ‘मेरा साथीहरु भन्छन्– गाडी चढेर सिंहदरबार कतिबेला जान पाइएला ? सकेसम्म रेशम चौधरीको आँखा छलेर जान पाए हुन्थ्यो ।’

रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् । पार्टीको विषयलाई लिएर उनीहरुबीच तिक्तता बढिरहेको छ ।