• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छः झलनाथ खनाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।

आईतवार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सम्मानित नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताउनुभएको हो । उहाँले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताउनु भयो । उहाँले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्न सकिने बताउनु भयो । खनालले सुखि नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समाजवाद प्राप्त गरेर मात्रै तपाई, हामीले देशमा शान्ति, समृद्धि ल्याउन सक्छौँ । विकास ल्याउन सक्छौँ । आजको सारा विकृति र विसंगतिहरुलाई अन्त्य गर्नसक्छौँ । आजको युग अब समाजवादको युग हो । आज मात्रै हाम्रो पार्टीको सचिवालयले महाधिवेशनको एउटा नारा तय गरेको छ, दक्षिणपन्थी अवसरवादको बिरोध गरौँ, समाजवाद निर्माण गर्नका लागि अगाडी बढौँ । अब यो हाम्रो पार्टीको मात्र होइन । सिंगो देशको नारा हुनुपर्छ । समाजवादको भविष्यमा पुगेर मात्रै यो देश नेपाललाई समृद्ध देशको रुपमा हामी रुपान्तरण गर्नसक्छौँ । सुखी नेपाली समृद्ध नेपालको कुरा समाजवादमा मात्र पूरा हुनसक्छ । त्यो भन्दा अगाडी पूरा हुन सक्दैन । त्यसैले यो दिशामा जानुपर्छ । युवाहरुले नै देश बनाउनुपर्छ । हाम्रो देशका युवाहरु एकजुट, एकतावद्ध हुुनुहुनेछ । र साम्राज्यवादी शक्तिहरु, प्रभुत्ववादी शक्तिहरु, हस्तक्षेपकारी शक्तिहरुका बिरुद्ध र यो देशमा शोषण गरिरहेका, दमन गरिरहेका, अत्याचार गरिरहेका, दलाल पुँजीवादी शक्तिहरुका बिरुद्ध तपाईहरु एकजुट हुनुहुन्छ र आम जनतालाई एकतावद्ध गराउनुहुनेछ । यो देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु बन्नुहोस् । तर भ्रष्टाचारी कहिल्यै नबन्नुहोस् । स्वच्छ हृदय, स्वच्छ चरित्रका नेताहरु नेता, अध्येधा, इन्जिनियर र डाक्टरहरु बन्नुहोस् ।’

सम्मानित नेता खनालले देशका युवाहरु साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिहरुका बिरुद्ध एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । उहाँले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरुका बिरुद्ध पनि आम जनतालाई एकतावद्ध बनाएर लैजानुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गर्नुभयो ।