२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैङ्ककमा नेपाली साहित्य सुन्ने सुनाउने कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौं । थाईल्याण्डको राजधानी बैङ्ककमा नेपाली साहित्य सुन्ने सुनाउने कार्यक्रम भएको छ । कार्यक्रममा गर्मीको विदामा नेपाली भाषा सिकिरहेका विद्यार्थीहरुले बिभिन्न सृजनाहरु सुनाएका थिए ।

आफ्ना बालबालिकाहरुले छोटो समयमा नै आफ्नो मातृ तथा पितृ भाषा सिकेर दिएको प्रस्तुतिले अग्रजहरु प्रफुल्लीत भएका थिए । थाइ नेपाली संघको साहित्य संगीतप्रेमी मण्डलीले  आयोजना गरेको कार्यक्रममा नेपाली बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले जागरण गीत सहित बिभिन्न कला प्रर्दशन गरेको स्थानीय राज कर्माचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले नेपाली साहित्यका अनुरागी तथा थाइ(नेपाली संघको प्रथम प्रयासमा गर्मीको विदामा नेपाली भाषा सिकिरहेका साना विद्यार्थी भाईबहिनीहरू र म्यानमारदेखि आउनुभएका नेपाली साहित्यकारहरू सहितको भेलामा नेपाली साहित्य सुन्ने सुनाउने कार्यमा सरिक हुने अवसर प्राप्त भएको जनाउनु भयो । राजदूत वलीले सो अबसरमा आफ्नो रचना समेत वाचन गर्नुभएको थियो । उहाँले हाम्रा पुर्खाहरु कसरी बिदेश पलायान भएका थिए भन्ने बारेमा पनि जानकारी गराउनु भएको थियो ।

थाई नेपाली संघ बैङ्कक शाखा, शिक्षा बिभागको अन्तरगत शिक्षा बिभाग प्रमुख ओम प्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा म्यानमार सहित त्यस क्षेत्रमा रहेका नेपालीभाषीहरुको उल्लेख उपस्थिती रहेको थियो ।