५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाहुना पर्खंदै घरबास



अ+ अ-

म्याग्दी । मङ्गला गाउँपालिका-१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरबास  (होमस्टे) पाहुनाको पर्खाइमा छ । टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरबास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन ।

टोड्के पूर्णगाउँ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो समय पाहुना नआउँदा घरबास सुनसान रहेको बताउनुभयो । “सुरु गरेको डेढ वर्षमा पाहुनाले दिन खाली हुँदैन्थ्यो, विदेशी पर्यटक पनि आउन थालेका थिए”, उहाँले भन्नुभयो, “कोरोनाको महामारी फैलिएपछि घरबासमा पाहुना आएका छैनन्, पाहुना आउने आशामा छौँ ।”

गण्डकी प्रदेश सरकारको सहयोगमा पूूर्णगाउँका ११ घरमा सञ्चालन भएको घरबासमा प्रतिदिन २२ जना बास बस्ने क्षमता रहेको छ । दूूध, दहीसहितको अर्गानिक सादा खाना रु दुई सय, मासु खाना रु तीन सय तथा ‘बेड’को रु एक हजार मूल्य निर्धारण गरिएको छ ।

फापर, आलुु, मुला तथा बर्खायाममा निगालोको टुसाको परिकारको स्वाद लिन पाइन्छ । साथै यहाँ पारिवारिक वातावरणमा रमाउन पाइन्छ । गुन्द्रुकको अचार र सुप पनि चखाउने गरिएको घरबास सञ्चालक गङ्गा आचार्यले बताउनुभयो । पर्यटक नआउँदा आम्दानीको अवसरबाट बञ्चित भएको उहाँले बताउनुभयो ।

अग्रिम जानकारी गराए खीर, लोकल कुखुरा, खसीको मासु, सेलरोटीका साथै भजन, चुड्का, पुख््र्यौली र पञ्चेबाजामा रमाउन पाइन्छ । उहाँका अनुसार पाहुनाघरमा स्वागत सत्कार गरेर बास बस्न घरघरमा लैजाने गरिएको छ ।

म्याग्दीको बेनीदेखि एक घण्टा ३० मिनेट गाडी र पाँच घण्टा पैदलयात्रा गरेपछि पूर्णगाउँ पुुगिन्छ । पूर्णगाउँदेखि एक घण्टा उकालो पैदलयात्रा गरेपछि समुन्द्री सतहदेखि दुई हजार चार सय मिटर उचाइमा रहेको टोड्के पुगिन्छ ।

लालीगुराँसको जङ्गलकाबीचमा रहेको पहाडको टाकुरा टोड्केदेखि सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र पृष्ठभूमिमा धवलागिरि, नीलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छे« हिमाल अवलोकन गर्न सकिन्छ । वसन्त ऋतुमा टोड्केको पाखा लालीगुराँस फुलेर रङ्गिएको छ ।

छोटो अवधिको बिदा मनाउन र सहरी क्षेत्रको कोलाहलबाट मुक्त भएर एकान्त वातावरणमा रमाउनका लागि टोड्के उपयुक्त गन्तव्य हो । सडक यातायात पुगेको टोड्केमा खान, बस्नका लागि व्यवस्थित होटल र घरबास पनि छ ।

धौलागिरि पानोरमा सांस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्गमा समेटिएको टोड्के हुँदै मालिका, ठाडाखानी, कुइँनेखानी, झिँलगायतका गाउँ र धार्मिक पर्यटकीयस्थलको भ्रमणमा पनि जान सकिन्छ । रासस