२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार दुर्घटनामा परेपछि कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारी पक्राउ



अ+ अ-

काठमाडौं । कमेडी च्याम्पियनका सञ्चालक तथा निर्देशक विशाल भण्डारी चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । प्रहरीले विशाललाई पक्राउ गरेको छ ।

भक्तपुरको जगातीमा कार टिप्परसँग ठोक्किएर दुर्घटना भएको हो । कारमा भण्डारीसहित ६ जना सवार थिए । दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका हुन् ।

सुशानको अवस्था गम्भीर रहेको बताइएको छ । विशाल र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ । दुर्घटनापछि प्रहरीले विशाल र पुजनलाई पक्राउ गरेको छ ।

विशाल र पुजन गाडीको अगाडिको सिटमा बसेकाले कसले गाडी चलाएको थियो भन्ने यकिन नभएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशाल र पुजन दुवै जनाले गाडी कसले चलाएको थियो भन्ने खुलेको छैन ।

अनुसन्धानका क्रममा विशालसहित कारमा सवारले मादक पदार्थ सेवन गरेको पाइएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।