२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार दुर्घटनामा परेपछि कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारी पक्राउ



अ+ अ-

काठमाडौं । कमेडी च्याम्पियनका सञ्चालक तथा निर्देशक विशाल भण्डारी चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । प्रहरीले विशाललाई पक्राउ गरेको छ ।

भक्तपुरको जगातीमा कार टिप्परसँग ठोक्किएर दुर्घटना भएको हो । कारमा भण्डारीसहित ६ जना सवार थिए । दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका हुन् ।

सुशानको अवस्था गम्भीर रहेको बताइएको छ । विशाल र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ । दुर्घटनापछि प्रहरीले विशाल र पुजनलाई पक्राउ गरेको छ ।

विशाल र पुजन गाडीको अगाडिको सिटमा बसेकाले कसले गाडी चलाएको थियो भन्ने यकिन नभएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशाल र पुजन दुवै जनाले गाडी कसले चलाएको थियो भन्ने खुलेको छैन ।

अनुसन्धानका क्रममा विशालसहित कारमा सवारले मादक पदार्थ सेवन गरेको पाइएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।