• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु ★   चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द ★   सुनकोशी–मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास ★   जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री यादबको गुनासो: सरकारले नै पार्टी फुटायो ★   बुबाको मार्गदर्शन अनुसार अघि बढ्छु: सांसद नेम्वाङ ★   नटआउट थिए, खुट्टाले दुई पटक बाउन्ड्री छोयो… सामसनको विकेटमा सिद्धुको बयान ★   अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला ★   चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल ★   रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए ★   सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’-फोटो फिचर

प्रेमी बाबुराम भुजेलबाटै सुमिना श्रेष्ठको हत्या, प्रहरीद्वारा सार्वजनिक



काठमाडौं । धरान उपमहानगरपालिका वडा नं. १८ मा शव भेटिएको सुमिना श्रेष्ठको हत्या उनकै प्रेमीबाट भएको खुलेको छ ।

इलाका पहरी कार्यालय धरानले आज हत्याका आरोपी सार्वजनिक गरेको हो । प्रेमी धरान उपमहानगरपालिका वडा नं. १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले बताएको छ ।

प्रेमीसँग भएको खटपटका कारण हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । जिल्ला प्रहरी कार्यालय धरानले शुक्रवार उनलाई सार्वजनिक गर्दै सोबारे जानकारी दिएको हो । प्रहरीका अनुसार अनुसन्धान कार्य अघि बढाउनुका साथै संलग्न व्यक्तिको बारेमा बुझ्दै जाँदा मृतक प्रेमिका सुमिना श्रेष्ठ र सविन भन्ने बाबुराम भुजेलकोबीच करिव २ वर्ष अघिदेखि सामाजिक सञ्जालमार्फत सम्बन्ध गाँसिएको देखिएको बताएको छ ।

२०८० पौष महिनादेखि सुमना श्रेष्ठले ग्लोलोराइस धरानमा काम गर्न थालेपछि सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग चिनजान भएको, निजहरु एकआपसमा नजिक हुन थालेको, फेसबुक आईडी समेत एउटै चलाउने गरेको, जसले गर्दा उनीहरु बीचको सम्बन्ध नजिक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रेमसम्बन्धकै कारण तीन महिनापछि दुई जनाको प्रेम सम्बन्ध चिसिएको भएपनि सुमिना र प्रेमी भुजेलको काम विशेषले २०८० साल चैत ०२ गते प्र्रेमिका सुमिनालाई धनकुटाको मुलघाटमा लगेपछि उनीहरुबीचको सम्बन्ध अझ चिसिएको प्रहरीको भनाई छ ।

सम्बन्ध चिएिकएकै कारण २०८० साल चैत ७ गते अन्दाजी २:५० बजेको समयमा जिल्ला सुनसरी, धरान उ.म.न.पा वडा नं. १८ वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बीच रहेको एकान्तमा खोल्सामा खुकुरी प्रहारमार्फत घटना गराएर फरार रहेको देखिएको छ ।

प्रहरीको अनुसन्धानको क्रममा किशोरीको घाँटी रेटिएको अवस्थामा मृत फेला प्रहरीले पारेपछि सुनसरी प्रहरीको कमाण्डमा अनुसन्धान टोली, ईलाका प्रहरी कार्यालय धरान सोसो सहितको प्रहरी अधिकृतको टोली र नेपाल प्रदेश प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । —न्युज एजेन्सी नेपाल