२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ देशका गैरआवासीय राजदुतसँग परराष्ट्रमन्त्रीले भने: ‘विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन’



file photo
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ नरहेको बताउनुभएको छ ।

‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वमा चलिरहेको द्वन्द्वले शान्तिको स्थायित्वलाई असर गरिरहेको बताउनु भयो । द्वन्द्वले विश्वको अर्थतन्त्रलाई समेत असर गरिरहेको उहाँको भनाइ छ । द्वन्द्वले असमानताहरु झनै बढाइरहेको मन्त्री श्रेष्ठले बताउनु भयो । उहाँले लुम्बिनी विश्वशान्तिको कामनाका लागि एकमात्रै स्थान भएकाले लुम्बिनीबाट विश्व शान्तिको कामना गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वमा चलिरहेको द्वन्द्वले शान्तिको स्थायित्वलाई असर गरिरहेको छ । यसले विश्वको अर्थतन्त्रलाई समेत नकारात्मक असर गरिरहेको छ । फलस्वरुप असमानताहरु पनि बढिरहेको छ । यस्तो अवस्थामा नेपालको लुम्बिनीबाट विश्वशान्तिको कामना र आह्वान गर्न सकिन्छ । यो ठाउँको विकल्प कुनै अर्को स्थान छैन ।’

कार्यक्रममा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इण्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्याण्ड, स्पेन, लातिभिया, कोस्टारिका,पोल्याण्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदुतहरू सहभागी थिए । विश्वमा शान्ति र समृद्धिको सन्देश दिन लुम्बिनीमा सम्मेलन गरिएको आयोजकले जनाएका छन् ।