• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

१० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छ: मिलन च्याम्स



काठमाडौँ । चलचित्र निर्माता एवं निर्देशक मिलन च्याम्सले चलचित्रले राम्रो व्यापार गर्न नसकेसम्म राम्रा चलचित्र बन्न कठिन रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित आदिवासी, जनजाति, मातृभाषी चलचित्रको निर्माण, प्रवद्र्धन, सहकार्य र बजारीकरण सम्बन्धी गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चलचित्र बनाउने भन्दा चलचित्र देखाउने ठाउँ सबैभन्दा पहिला सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले देशभर १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अहिलेका चलचित्र हलहरु नेपाली चलचित्रकै लागि पनि पर्याप्त नभएको र स्थान नदिने गरेको गुनासो गर्नुभयो । उहाँले हिन्दी र अंग्रेजी चलचित्रलाई बढी प्राथमिकता दिँदा नेपाली चलचित्र देखाउने ठाउँ नपाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र भनेको व्यापार नै हो । जबसम्म चलचित्रले राम्रो व्यापार गर्न सक्दैन । तबसम्म चलचित्र राम्रा राम्रा बन्न सक्दैनन् । चलचित्र बनाउने भन्दा चलचित्र देखाउने ठाउँ सबैभन्दा पहिला सुनिश्चित गर्नुपर्छ । देशभर १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण हुनुपर्छ । नेपाली चलचित्रले त चलचित्र भवन पाउन गाह्रो छ, यति लडाईं गर्नुपर्छ । हिन्दी र अंग्रेजी सिनेमालाई मात्रै प्राथमिकता दिनुपर्छ । १० वटा चलचित्र भवनमा बनाएर त्यहाँ आदिवासी जनजातिका चलचित्रहरु मात्रै प्रदर्शन गर्ने बनाउनुपर्छ ।’

निर्देशक च्याम्सले १० वटा चलचित्र भवन आदिवासी जनजातिका लागि बनाएर त्यहाँ आदिवासी जनजाति सम्बन्धित चलचित्र मात्रै प्रदर्शनी गर्नुपर्ने बताउनु भयो ।