१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

१० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छ: मिलन च्याम्स

१० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छ: मिलन च्याम्स
अ अ+ अ-

काठमाडौँ । चलचित्र निर्माता एवं निर्देशक मिलन च्याम्सले चलचित्रले राम्रो व्यापार गर्न नसकेसम्म राम्रा चलचित्र बन्न कठिन रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित आदिवासी, जनजाति, मातृभाषी चलचित्रको निर्माण, प्रवद्र्धन, सहकार्य र बजारीकरण सम्बन्धी गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चलचित्र बनाउने भन्दा चलचित्र देखाउने ठाउँ सबैभन्दा पहिला सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले देशभर १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अहिलेका चलचित्र हलहरु नेपाली चलचित्रकै लागि पनि पर्याप्त नभएको र स्थान नदिने गरेको गुनासो गर्नुभयो । उहाँले हिन्दी र अंग्रेजी चलचित्रलाई बढी प्राथमिकता दिँदा नेपाली चलचित्र देखाउने ठाउँ नपाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र भनेको व्यापार नै हो । जबसम्म चलचित्रले राम्रो व्यापार गर्न सक्दैन । तबसम्म चलचित्र राम्रा राम्रा बन्न सक्दैनन् । चलचित्र बनाउने भन्दा चलचित्र देखाउने ठाउँ सबैभन्दा पहिला सुनिश्चित गर्नुपर्छ । देशभर १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण हुनुपर्छ । नेपाली चलचित्रले त चलचित्र भवन पाउन गाह्रो छ, यति लडाईं गर्नुपर्छ । हिन्दी र अंग्रेजी सिनेमालाई मात्रै प्राथमिकता दिनुपर्छ । १० वटा चलचित्र भवनमा बनाएर त्यहाँ आदिवासी जनजातिका चलचित्रहरु मात्रै प्रदर्शन गर्ने बनाउनुपर्छ ।’

निर्देशक च्याम्सले १० वटा चलचित्र भवन आदिवासी जनजातिका लागि बनाएर त्यहाँ आदिवासी जनजाति सम्बन्धित चलचित्र मात्रै प्रदर्शनी गर्नुपर्ने बताउनु भयो ।