१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

गण्डकीको बाह्र सय हेक्टरमा डढेलो

गण्डकीको बाह्र सय हेक्टरमा डढेलो
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार २१५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका एक सय ४७ स्थानका वनजङ्गलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ ।

“मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डढेलोका घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा तीन सय ८२ हेक्टरमा डढेलो लागेको छ”, निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले भन्नुभयो । उहाँका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्युफिट काठ क्षति भएको छ ।

म्याग्दीमा डढेलो निभाउने क्रममा एक जना घाइते भएका वन अधिकृत थापाले जानकारी दिनुभयो । कास्कीपछि सबैभन्दा बढी म्याग्दीमा तीन सय ५९ हेक्टर वन क्षेत्रमा डढेलोबाट प्रभावित बनेको छ । स्याङ्जामा दुई सय ८८, पर्वतमा ५०, बागलुङमा ४२, गोरखामा ३४, लमजुङमा २१, नवलपुरमा ३०, तनहुँमा सात र मनाङमा करिब दुई हेक्टरमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी म्याग्दीका ४६ स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीका २३, स्याङ्जाका ३२, लमजुङका १६, गोरखाका ११, बागलुङका आठ, नवलपुरका पाँच, पर्वतका तीन, तनहुँका दुई र मनाङको एक गरी एक सय ४७ स्थानमा डढेलो लागेको हो ।

वन अधिकृत थापाले बढीजसो मानवीय कारणले नै डढेलोका घटना हुने गरेको बताउनुभयो । “बर्सेनी डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानी हुने गरेको छ । डढेलोले वन्यजन्तु र पन्छी मर्ने तथा उनीहरुको बासस्थान नष्ट हुन्छ”, उहाँले भन्नुभयो, “डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्‍याइरहेको हुन्छ ।”

थापाका अनुसार नेपालमा मुख्य गरी फागुन र चैतमा डढेलोका घटना हुने गरेका छन् । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम, भिरालो भू–बनोटजस्ता कारणले पनि डढेलो छिटो फैलने गरेको उहाँले बताउनुभयो । वन व्यवस्थापनलाई चुस्त बनाउनसके डढेलोका घटना नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ ।

“समयमै घाँसदाउरा, स्याउला, सोत्तर वनबाट निकाल्न सके डढेलो लाग्न पाउँदैन । डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले प्रभावकारी उपाय अवलम्बन गर्न जरुरी छ”, वन अधिकृत थापाले भन्नुभयो, “समुदायस्तरमा डढेलोसम्बन्धी सचेतना जगाउनुपर्छ ।” डढेलो नियन्त्रणका लागि जिल्ला र स्थानीय तहमा रहेका डिभिजन वन र सबडिभिजन वन कार्यालयअन्तर्गत डढेलो नियन्त्रण सञ्जाल क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो ।

वन कार्यालयहरुले सुरक्षा निकाय, स्वयंसेवक र स्थानीय जनसमुदायसँग मिलेर डढेलो नियन्त्रणका काम गर्दै आएको निर्देशनालयले जनाएको छ । लम्बिँदो सुक्खायामका कारण यो हिउँदमा डढेलोका घटना अझै बढ्नसक्ने जोखिम रहेको वन अधिकृत थापाले बताउनुभयो । डढेलोले सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा र बुट्यान सखाप पार्ने गरेको उहाँको भनाइ छ ।

वन अधिकृत थापाले विद्यालय तहदेखि नै डढेलो नियन्त्रण र वन संरक्षण सीपबारे बालबालिकालाई पढाउनुपर्ने बताउनुभयो । डढेलो लगाउने व्यक्तिलाई बिगोअनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुनसक्ने कानुनी व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । उक्त कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ । रासस