६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा



अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा सीआईबीले उनलाई कमजोर स्वास्थ्यको कारण देखाउँदै हाजिर जमानी छाड्ने निर्णय गरेको हो ।

प्रहरीले महरालाई चैत ५ मा रुपन्देहीबाट पक्राउ गरेको थियो । गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो ।

यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।

महरालाई स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अदालतले अस्पतालमा राख्न निर्देशन दिएको थियो । सोहिअनुसार उनलाई नर्भिक अस्पतालमा राखिएको थियो । महरालाई बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको थियो ।