२५ कार्तिक २०८२, मंगलवार
,
Latest
भरतपुर रंगशालाको छैटौं मूल्याङ्कनमा पनि कुनै अनियमितता फेला परेन विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित काँग्रेस केन्द्रिय समितिको बैठक जारी (तस्बिरसहित) मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असरबारे मध्यपुर थिमिका स्वास्थ्यकर्मीलाई तालीम



अ+ अ-

भक्तपुर ९ चैत । जलवायु परिवर्तनसंगै पछिल्लो समय कोभिड, डेंगुलगायत विभिन्न किसीमका सरुवा रोगहरु फैलिएर धेरै मानिसहरुको अकालमा ज्यान जान थालेको छ ।

यस्तो अवस्थामा मध्यपुर थिमि नगरपालिका क्षेत्रमा वसोवास गर्दै आएका वासिन्दाको स्वास्थ्यप्रति संवेदनशिल रही समयमै सर्तकता अपनाउने उद्धेश्यले नगरपालिकाको ९ वटै वडाको स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असर र यसबाट बच्ने उपायबारे तालीम दिइएको छ ।

फ्रान्सको राजधानी पेरीसस्थित फाउण्डेशन ‘एस’ को आर्थिक सहयोगमा हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशन र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा सो तालीम आयोजना गरेको हो ।

तीनवटा समूह बनाई दुई/दुई दिन आयोजना गरिएको सो तालीममा नगरपालिकाको ९ वटै वडाका ५१ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई यसप्रकारको तालीम दिँदा त्यहाँ उपचारको लागि आउने विरामीहरुको रोगको कारण पहिचान गर्न र जलवायु परिवर्तनबाट लागेका सरुवा रोगबारे बेलैमा सचेतता अपनाएर अरुवाई बचाउन सजिलो हुने हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशनकी कार्यकारी निर्देशक अनुपमा श्रेष्ठले बताइन् ।

सो तालीमको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए भने समापनमा तालीमका सहभागी स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले प्रमाणपत्र वितरण गरेका थिए ।

हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशनकी अध्यक्ष रत्नकेशरी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक अनुपमा श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्ट, जनस्वास्थ्य विभाग प्रमुख श्रीकृष्ण प्रजापति तथा तालीमका प्रशिक्षक डा.यादव प्रसाद जोशीले तालीमको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए ।