१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सरकारलाई सांसदहरुको प्रश्न: उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नसक्ने आँट छ ?

सरकारलाई सांसदहरुको प्रश्न: उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नसक्ने आँट छ ?
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक काठमाडौँ, ८ चैतः सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गत, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार सिंहदरबार बसेको बैठकमा उदयपुर र हेटौँडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमाथि छलफल । तस्बिरः प्रदीपराज वन्त÷रासस
अ अ+ अ-

काठमाडौँ । उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योगलाई व्यवस्थित गरी सरकारले नै सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन । उनीहरुले सरकारले सञ्चालन गरेको उद्योगहरु निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नसक्ने हुनुपर्ने बताए । सांसदहरुले वर्तमान सरकारले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नसक्ने आँट र क्षमता छ ? भन्दै उद्योग मन्त्रीलाई प्रश्न समेत गरेका छन् । उनीहरुले सरकारले सञ्चालन गरेका उद्योग आर्थिक रुपमा धरासायी हुनु चिन्ताको विषय रहेको भन्दै आगामी दिनमा निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नसक्ने र नाफामा लैजाने गरी सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनीहरुले विगतका राज्यले मुलुकभित्रै कच्चा पदार्थ,जनशक्ति र उपभोग पनि मुलुकभित्रै गर्ने उद्देश्यले सञ्चालनमा ल्याएका उद्योग व्यवस्था परिवर्तनसँगै निजीकरण भएको बताए । उनीहरुले बाँकी रहेका उद्योग पनि आर्थिक रुपमा धरासायी रहेको भन्दै अब राज्यले तदारुकताका साथ उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनीहरुले राज्य एक्लैले सञ्चालन गर्न नसक्ने भए नीतिगत रुपमा निजी साझेदारीमा जाने विकल्पमा जान पनि सुझाव दिए । उनीहरुले सरकारले उद्योग सञ्चालन गरी बजारको समेत व्यवस्थापन गर्न आवश्यक रहेको बताए । बैंठकमा बोल्दै नेपाली काँग्रेसका सांसद राजु थापाले उद्योगमन्त्री दामोदार भण्डारीलाई उद्योग चलाउन सक्ने आँट छ ? भन्द्रै प्रश्न गर्नुभयो । उहाँले सरकारको स्वामित्वमा रहेका उद्योगहरु सञ्चालन गर्ने दायित्व सरकारको भएको बताउनु भयो ।

उहाँले सरकार र मन्त्रीको उद्योग चलाउँछु भन्ने इच्छाशक्ति हुन आवश्यक रहेको बताउनु भयो । उहाँले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग चल्न आवश्यक रहेको बताउनु भयो । उहाँले पञ्चायत कालमा शुरु भएका उद्योग प्रजातन्त्र आएपछि धरासायी भएको बताउनु भयो । सरकारी उद्योगमा मन्त्रीका पार्टीका कार्यकर्ता भर्ती केन्द्रको रुपमा लैजाँदा पनि उद्योग माथि उठ्न नसकेको उहाँको भनाई छ । उहाँले निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योगहरु फस्टाएकाले सिमेन्टमा मुलुक आत्मनिर्भर भएको बताउनु भयो । उहाँले अब सरकारले दुई उद्योग सञ्चालन गर्न नसक्ने भए निजी साझेदारीमा भएपनि चलाउन आवश्यक रहेको बताउनु भयो ।

नेकपा एमालेका सांसद हेमराज राईले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्ने वा निजी साझेदारीमा सञ्चालन गर्ने भन्ने विषयमा राजनीतिक प्रतिवद्धता आवश्यक रहेको बताउनु भयो । उहाँले पञ्चायत कालमा स्थापना भएका उद्योगहरु मुलुककै कच्चा पदार्थ,रोजगारी र उपभोग समेत मुलुकभित्रै हुने अवधारणामा सञ्चालनमा आएको बताउनु भयो । उहाँले विगतमा सरकारी उद्योग निजीकरण हुँदा पनि भएको समस्यालाई सिकाईको रुपमा लिएर राजनीतिक प्रतिवद्धता आवश्यक रहेको बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पनि सरकार आफैले सञ्चालन गर्दा पनि जर्जर अवस्थामा उद्योग पुग्नुको वास्तविकता अध्ययन र समिक्षा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसरी अध्ययन र समिक्षा सरकारले गर्नसके मात्रै आगामी दिनमा व्यवस्थित रुपमा लैजान सकिने बताउनु भयो । उहाँले अगाडि उद्योग सञ्चालनका गलत पक्षको समिक्षा गरिने भने अब सुधार गर्ने भनेर मात्रै नहुने बताउनु भयो । उहाँले सरकारले सञ्चालन गर्न नसके अब निजी साझेदारी रुपमा जाने मोडल पनि अपनाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो । उहाँले यी उद्योगलाई नाफामुखी बनाएर सञ्चालनमा निरन्तरता दिन सक्नुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौड्यालले निजी क्षेत्रले चलाएका उद्योगहरु नाफामा जाने तर सरकारले चलाएका उद्योगहरु धरासायी हुनु चिन्ताको विषय भएको बताउनु भयो । उहाँले सरकारले चलाएका उद्योग धरासायी भएको विषयमा चिन्ता लिन आवश्यक रहेको बताउनु भयो । उहाँले धरासायी बन्यो भनेर सरकारले चिन्ता गरेर बस्ने भन्दा पनि आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले यस्ता उद्योगलाई कसरी नाफामा लैजाने भन्ने विषयमा सोच्नुपर्ने बताउनु भयो । सांसद पौड्यालले सरकारी उद्योगहरु बन्द हुँदै जान नहुने भन्दै निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नेगरी सञ्चालन गरिनुपर्ने बताउनु भयो ।

नेकपा एमालेका सांसद लालप्रसाद सावाँ लिम्बूले उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तर राम्रो हुँदा पनि बजार व्यवस्थापन गर्न नसक्दा उद्योग धरासायी बनेको बताउनु भयो । उहाँले सरकारले उत्पादन गरेको सिमेन्टको बजारको अभाव नभएको बताउनु भयो ।

उहाँले उद्योगहरुलाई व्यवस्थित बनाउनको लागि सरकारले नयाँ रणनीति बनाउन सुझाव दिनुभयो । उहाँले दुई उद्योगको नयाँ क्षमता,सोच,नयाँ व्यवस्थापनका साथ जानुको विकल्प नभएको बताउनु भयो । उहाँले निजी साझेदारीमा जानुपर्ने विषयमा पनि पर्याप्त छलफल गर्न आवश्यक रहेको बताउनु भयो ।