२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारबाट हट्नु परेपछि निहुँ खोजेर संसद् अवरुद्ध गर्नु लोकतन्त्र होइन: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा संयमता जरुरी रहेको बताउनुभएका छ ।

अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो । लोकतन्त्र सरकारबाट हट्नु पर्‍यो भनेर निहुँ खोजेर, संसद् अवरुद्ध गर्ने विषय नभएको बताउनुभयो । ‘निहुँ खोज्ने, च्याँठिने, आक्रोस पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति’, ओलीले भन्नुभयो ।

राजनीति सुदृढ अर्थतन्त्र र समृद्धिको माध्यम भएको ओलीले बताउनुभयो । ओलीले राजनीतिलाई देश र जनताको समृद्धिको माध्य बनाउनु पर्ने बताउनुभयो । समाजको उन्नतिका लागि, प्रगतिका लागि, शान्ति सुव्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शीताका लागि, सबैको सुरक्षा र सम्मानका लागि राजनीति केन्द्रित हुनु पर्ने ओलीले बताउनुभयो ।

ओलीले कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताउनुभयो । उहाँले कोही पनि जात, धर्म, सम्पत्ति, कुलीनताको हिसाबले कोही जन्मँदै श्रेष्ठ वा नीच नहुने प्रष्ट पार्नुभयो । ‘सबै बराबर हुन् मानिस, जन्मिँदा बराबर जन्मिन्छ र मानिस सबै बराबर र स्वतन्त्र हुनुपर्छ’, ओलीले भन्नुभयो ।

कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्ने भए पनि जन्मबाट कोही सानो, ठुलो नहुने उहाँले स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टीले दलित समुदायलाई नै संगठित गरेर अघि बढाउँदा जातीय विभेद अन्त गर्न सकिन्छ भनेर २०४५ सालमा नै उत्पीडित जाति उत्थान मञ्च गठन गरेर जातीय विभेद विरुद्धको आन्दोलन चलाएको ओलीले बताउनुभयो । एमालेकै प्रयासमा संविधानमा उत्पीडित समुदायको अधिकार सुनिश्चित गरेको स्पष्ट पार्नुभयो ।

नेकपा एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभएको ओलीले स्पष्ट पार्नुभयो । ‘सबै कुराबाट निरपेक्ष तर वर्ग सचेत, अन्याय विरोधी, असमानता विरोधी, सामाजिक न्याय र समानताको पक्षधर नेकपा एमाले हो, हाम्रो पार्टी हो, कम्युनिष्ट पार्टी हो’, ओलीले भन्नुभयो ।

कहिले कहिले मन्त्री किन भएन भन्ने प्रश्न उठ्ने बताउँदै ओलीले यस पटक पनि दलित समुदायबाट मन्त्री हुने बताउनुभयो । ‘एउटा ठाउँ छ त्यहाँनेर, यस पटक पनि मन्त्री हुन्छ’,ओलीले भन्नुभयो ।सबै कुरा एकैचोटी सम्बोधन गर्न नसकिने भए पनि नेकपा एमालेले सबैलाई स्थान दिने बताउनुभयो । हरेक समुदायको क्षमता अभिवृद्धि र सहभागिताको विषयमा एमाले गम्भीर रहेको उहाँले बताउनुभयो ।

ओलीले विभेद गर्ने मान्छे जतिसुकै पढेलेखेको भए पनि त्यो असभ्य मान्छे नै भएको उहाँले बताउनुभयो । ‘त्यो एक प्रकारको हिंसा हो, विभेद भनेको अपमान हो, हिंसा हो, छुवाछुत भनेको अपमान हो, हिंसा हो’, ओलीले भन्नुभयो । कोही पनि छाडि पर्नु हुँदैन र पछाडि छाडिनु हुँदैन भन्ने मान्यता एमालेको रहेको ओलीले बताउनुभयो। अपमान र घृणा गर्ने कुराले समृद्ध नेपाल, सुखी नेपाली बन्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।