• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आयातलाई प्रतिष्थापन गरी नेपालमा भएका उद्योग सञ्चालन गर्नुपर्छ: सभापति खान



काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले आयातलाई प्रतिष्थापन गरी मुलुकमा रहेको कच्चा पदार्थलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्योगहरुलाई कसरी नाफामुलक बनाउने भन्नेबारे विभिन्न कोणबाट छलफल गर्न जरुरी रहेको बताउनु भयो । सभापति खानले उद्योगको समय सापेक्ष क्षमता वृद्धि गर्न र वर्तमान बजारसँग हामीले प्रतिष्पर्धा गर्नसक्ने बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले मुख्य समस्या पहिचान गरी सुधारका कार्यक्रम अघि बढाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आयातलाई प्रतिष्थापन गरी मुलुकमा रहेको कच्चा पदार्थलाई प्रयोग गरेर हामीले उद्योग धन्दाहरुलाई सञ्चालन गर्नुपर्छ । त्यो मान्यताका साथ सबैको धारणा आयो । धेरै मान्यज्युहरुले अझ यसमा थप स्पष्टता आउन आवश्यक रहेको बताउनुभएको छ । कसरी उद्योगहरुलाई हामीले नाफामुलक बनाउन सकिन्छ भनेर विभिन्न कोणबाट धारणा आएको छ । समय सापेक्ष क्षमता वृद्धि गर्न र वर्तमान बजारसँग हामीले प्रतिष्पर्धा गर्न सकिरहेका छैनौँ । यो समस्याको कुरा रहेछ । यो कुरालाई मुख्य रुपमा सुधार गरी हामी अघि बढ्नुपर्छ । भोलिको दिनमा यस्ता उद्योग सञ्चालन, यहीँ रोजगारी सिर्जना गर्न सक्छौँ । विज्ञहरुसँग बसेर, निकास निकाल्ने प्रतिवेदन तयार पार्नेगरी अघि बढ्न सक्छौँ ।’

सभापति खानले नेपालमै रोजगारी दिनसक्ने गरी उद्योग सञ्चँलन गर्नुपर्नेमा जोड दिनुभयो ।