१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आयातलाई प्रतिष्थापन गरी नेपालमा भएका उद्योग सञ्चालन गर्नुपर्छ: सभापति खान

आयातलाई प्रतिष्थापन गरी नेपालमा भएका उद्योग सञ्चालन गर्नुपर्छ: सभापति खान
अ अ+ अ-

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले आयातलाई प्रतिष्थापन गरी मुलुकमा रहेको कच्चा पदार्थलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्योगहरुलाई कसरी नाफामुलक बनाउने भन्नेबारे विभिन्न कोणबाट छलफल गर्न जरुरी रहेको बताउनु भयो । सभापति खानले उद्योगको समय सापेक्ष क्षमता वृद्धि गर्न र वर्तमान बजारसँग हामीले प्रतिष्पर्धा गर्नसक्ने बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले मुख्य समस्या पहिचान गरी सुधारका कार्यक्रम अघि बढाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आयातलाई प्रतिष्थापन गरी मुलुकमा रहेको कच्चा पदार्थलाई प्रयोग गरेर हामीले उद्योग धन्दाहरुलाई सञ्चालन गर्नुपर्छ । त्यो मान्यताका साथ सबैको धारणा आयो । धेरै मान्यज्युहरुले अझ यसमा थप स्पष्टता आउन आवश्यक रहेको बताउनुभएको छ । कसरी उद्योगहरुलाई हामीले नाफामुलक बनाउन सकिन्छ भनेर विभिन्न कोणबाट धारणा आएको छ । समय सापेक्ष क्षमता वृद्धि गर्न र वर्तमान बजारसँग हामीले प्रतिष्पर्धा गर्न सकिरहेका छैनौँ । यो समस्याको कुरा रहेछ । यो कुरालाई मुख्य रुपमा सुधार गरी हामी अघि बढ्नुपर्छ । भोलिको दिनमा यस्ता उद्योग सञ्चालन, यहीँ रोजगारी सिर्जना गर्न सक्छौँ । विज्ञहरुसँग बसेर, निकास निकाल्ने प्रतिवेदन तयार पार्नेगरी अघि बढ्न सक्छौँ ।’

सभापति खानले नेपालमै रोजगारी दिनसक्ने गरी उद्योग सञ्चँलन गर्नुपर्नेमा जोड दिनुभयो ।