१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता

आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता
अ अ+ अ-

काठमाडौँ । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ ।

समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत ओपन एपिआइ स्ट्याण्डर्ड फलो गरिने छ । आईएमई लिमिटेड मार्फत प्रदान गरिने एपिआइको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने छ ।

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपिआइ स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको हो । यस मार्फत एपिआइ इण्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेशन प्रक्रियामा अगाडी बढ्न सक्ने छन् ।

रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आईएमई परम्परागत रेमिटेन्स सेवालाई अझै सहज तथा परिष्कृत गर्दै लैजान नयाँ – नयाँ प्रविधि लाई पछ्यादै आफूलाई फिनटेक क्षेत्रमा पनि अब्बल साबित गरेको छ । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसाथ गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने विश्वास लिएको बताउनु भएको छ ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

आइएमई लिमिटेडका बारेमा∶

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दु: ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

साथै परम्परागत रेमिटेन्स सेवा डिजिटलाइजेसनमा प्रवेश गरिरहेको अवस्थालाई आत्मसाथ गर्दै आइएमईले विगत ५ वर्ष देखि आफ्नो डिजिटल कारोबारलाइ नेपाल राष्ट्र बैङ्क मार्फत नेपालको पहिलो भुक्तानी सेवा प्रदायकको रूपमा लाइसेन्स प्राप्त गरि आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट मार्फतबाट डिजिटल रेमिटेन्स सेवा सफलताका साथ सञ्चालन गरिरहेको छ।
यस अन्तर्गत सेवाग्राहीले विश्वको जुनसुकै देशबाट आइएमई गरी पठाएको पैसा सजिलै आफ्नो मोबाइलको आइएमई पे एपमा प्राप्त गर्न सक्नेछन् ।

आइएमई पे ले बैङ्किङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैङ्किङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरण तथा डिजिटल नेपालको अभियानमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।