१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपालले आज बलियो टोली बहराइनसँग खेल्दै



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा नेपाल र बहराइनबीचको खेल मध्यरात १२ः४५ बजे सुरु हुनेछ ।

आज हुने खेल नेपालको होम म्याचको रुपमा हुनेछ । होम एण्ड अवेका आधारमा हुने छनोटअन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान दशरथ रंगशालमै खेल्नुपर्ने थियो ।

तर, दशरथ रंगशालको मैदानको अवस्था छनोटको खेल खेलाउने स्तरको नभएको भन्दै नेपालले होम म्याच पनि बहराइनमै खेल्न लागेको हो ।

नेपालले बहराइनसँगको अवे म्याच अर्को साता बहराइनमै खेल्नेछ । समूह एचमा नेपाल यसअघिका दुवै खेलमा हार बेहोर्दै अंकविहीन छ । पहिलो खेल युएईसँग अवे मैदानमा ४–० ले पराजित भएको नेपाल घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग पनि २–० ले पराजित भएको थियो ।

बहराइन भने एक जित र एक हारको साथ समूह एचमा २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ । फिफा वरीयतामा बहराइन ८२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।